१०१ करोड माग गर्दै शाहरुखको ‘रइस’ बिरुद्ध मुद्दा

ENGLISH

ENTERTAINMENT

१०१ करोड माग गर्दै शाहरुखको ‘रइस’ बिरुद्ध मुद्दा

26 January, 2017 | Bhawana Pathak | 930 Views | comments

शाहरुख खानको नयाँ चलचित्र ‘रइस’ ९० को दशकमा चर्चित बनेका डन अब्दुल लतीफको जीवनमा आधारित रहेको उनका छोरा मुस्ताकले दाबी गरेका छन् । यद्यपि, चलचित्रका निर्माताले यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।

don

यसैबीच, मुस्ताकले चलचित्र निर्माताविरुद्ध हाइकोर्टमा मुद्दा दर्ता गरेका छन् । जसमा १ सय १ करोड क्षतिपूर्ती माग गरिएको छ ।लतीफ कुनै समय दाउद इब्राहिमका लागि काम गर्थे । सन् १९९३ मा भएको मुम्बई बम ब्लास्टमा पनि लतीफको नाम आएको थियो ।

गुजरातमा लतीफको कथा

१. लतीफको डरले भाग्थे दाउद
– कुनै बेला दाउदका लागि काम गर्ने लतीफले दाउदलाई उनीसँग काम नगर्ने बताएका थिए । यसकारण दुवैबीच टकराव शुरु भएको थियो ।
– भनिन्छ, वडोदरामा दाउद र लतीफबीच गोलिवारी भएको थियो । जसमा लतीफ दाउदमाथि हावी भएपछि दाउद भाग्नु परेको थियो ।
– तर, पछि दाउद र लतीफबीच पुनः सम्बन्ध सुधार भएको थियो । जसको कारण..

२. एकै पटक ५ स्थानबाट चुनाव जिते
– सन् १९८५ सम्म लतीफ जेलमा थिए । तर, उनी छुटेपछि त्यही बेला म्युनिसिपल कर्पोरेसनको चुनाव भयो । उनले ५ स्थानबाट विजयी भएर सबैलाई चकित बनाए ।
– यो एउटा किर्तिमान थियो ।

३. रक्सीबाट अन्डरवल्र्डको यात्रा
– अहमदाबादको दरियापुरको पोपटीयावाडमा बस्ने लतीफ शुरुमा रक्सीको तस्करी गर्थे । यहीँबाट उनले अपराधको संसारमा पाइला राखेका थिए ।
– पछि उनले विदेशी रक्सी बेच्न थाले । सबै अपराधी उनकोबाट रक्सी किन्थे ।
– त्यसपछि उनले रक्सीसँग हतियारको तस्करी शुरु गरे ।

४. अन्य ग्याङ्गलाई फुटाएर राज
– लतीफ ठूलो अपराधी भए पनि कुनै ग्याङ्गवारमा उनी प्रत्यक्ष संलग्न देखिएनन् ।
– विपक्षी ग्याङ्गमा फुटाएर उनी राज गर्थे

५. सन् १९९७ मा इन्काउन्टर
– सन् १९९५ मा उनी विभिन्न ४० वटा मुद्दा लगाइएको थियो ।
– त्यही बेला हंसराज त्रिवेदीको हत्या (राधिका जिमखाना शुटआउट) को बेला उनको इन्काउन्टरको प्लान बनाइएको थियो । तर, उनी बँचे ।
– प्रहरीका अनुसार सन् १९९७ उनी जेल तोडेर भाग्दा प्रहरीसँगको मुठभेडमा मारिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK