ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

ENGLISH

NRN GLOBAL

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

विजय थापा ,वाशिंगटन डिसी

20 July, 2018 | Sandeep Bhattarai | 1345 Views | comments

डा. केसी

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु जम्मा भइ ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउस अगाडी गएर नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । विभिन्न प्रचार सामाग्रीहरु सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको विरोध गरेका हुन् ।

उक्त विरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न स्थानीय संघ/संस्था तथा एनआरएनएको प्रतिनिधित्व समेत गर्दै ऐक्यबद्धता जनाएका थिए । सबै नेपालीहरुको सिम्बोलिक (प्रतीकात्मक) रुपमा प्रदर्शन गरेको जनाए ।

उक्त भेलामा सहभागीहरुले डा. केसीको माग यथा शिघ्र पुरा होस् दमन कार्य तुरुन्तै बन्द होस् भन्ने माग राख्दै विरोध गरे । उनलाई दमन गर्ने नीति सरकारको रहेकोले सरकारको विरोध गर्दै केसीको पक्षमा समर्थन जुटाउन जम्मा भएको बता ए ।

यसै गरि सहभागीले डा. केसी जोगी हुन् उनको केही स्वार्थ छैन । उनको कुरा नसुनेर निर्ममता पूर्वक दमन गर्ने जुन नीति सरकारके लिएको छ त्यो तुरुन्त बन्द गर्ने माग राखेका छन् ।

सहभागीले डा. केसीले आफ्ना लागि केहि नगरेको जनताको लागी काम गरेको भन्दै १५ चोटी अनसन बसी सकेको डा केसीको कुरा सरकारले सुन्नु पर्ने बताए । सहभागीहरुले यो विरोध भनेको माफियाको लागि हो भनि विरोध गर्दै डा. केसीको पक्षमा ऐक्यबद्धता जनाउन आएको बताए ।

यसै गरि डा. केसीको पक्षमा छौ र देश विदेशमा बस्ने सबैले समर्थन गर्नु पर्ने बताए । उनको माग जायज भएको भन्दै उनको मागलाई सबैले समर्थन जनाउन आग्रह समेत गरेका छन् । डा. केसीको माग र समर्थन जुटाउन र यसलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन र समर्थन गर्दै सरकारले मानव अधिकारवादी तथा सत्याग्रहीलाई समेत दमन गरेकोमा विरोध गरेका छन् । देश विदेशमा रहेका सबैले डा. केसीलाई समर्थन गर्न आग्रह समेत गरेका छन् ।

डा. केसी

अनसनमा बसेका सत्याग्रही डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा राखेको माग जायज हो र यसलाई पुरा गर्नु पर्ने सरकारलाई दवाब दिएका छन् । सहभागीहरुले पंचायत व्यवस्था र राणा शासन कालमा पनि शिक्षा र स्वास्थ्य को क्षेत्रमा सरकारले यस्तो दमन नगरेको चर्चा गरे । साथै सत्ताधारी सरकारले लिएको दम्भ गरे फेरी जनताले सत्ता बाहिर ल्याउन सक्ने समेत चेतावनी दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK