ह्याण्ड नेपाल बेल्जियमद्वारा भूकम्प प्रभावित विद्यालयलाई सहयोग

ENGLISH

NRN GLOBAL

ह्याण्ड नेपाल बेल्जियमद्वारा भूकम्प प्रभावित विद्यालयलाई सहयोग

भूकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग

30 June, 2016 | Bipin Acharya | 1390 Views | comments

गत बर्षको विनाशकारी भूकम्पमा क्षति भएका काभ्रे र भक्तपुरका चार विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले दश लाख रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

Hand-Nepal

गत सोमबार पार्वती उच्चमावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र नीधिको प्रमुख उपस्थितिमा पार्वती उच्च मावि सहित बल्थलीको कमलादेवी जनप्रिय मावि, च्याम्राङब्शीको चक्रेश्वर मावि र भक्तपुरको एक विद्यालयलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कम्प्युटर तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

काँग्रेस केन्द्रीय सदस्य निधिले भूकम्प प्रभावित विद्यालयलाई बेल्जियममा अवस्थित ह्याण्डस् नेपाल संस्थाले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारदेखि पुनर्निर्माण कार्यमा प्रवासमा रहेका नेपालीहरुको सयोगमा ठुलो योगदान रहेको बताए ।

कार्यक्रममा ह्याण्ड नेपालका तर्फवाट चिनियाँ दुवालले भूकम्पले क्षति पुर्याएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको र यसलाई अझै निरन्तरता दिने बताए ।

कार्यक्रम ह्याण्ड नेपाल बेल्जीयमकी अध्यक्ष एलिन डुपोनको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK