होेटल अन्नपूर्णलाई राईको धम्की

ENGLISH

होेटल अन्नपूर्णलाई राईको धम्की

15 November, 2016 | Bipin Acharya | 3210 Views | comments

kalpadip-rai-240x300आफू पनि नगर्ने अरुले गरेको पनि देखी नसक्ने’ यो नेपाली उखान अहिले अन्न क्यासिनोका तत्कालिन सञ्चालकद्वय कल्पदिप राई र तप्तबहादुर बिष्टको नियतमा मेल खान पुगेको छ ।

मजदुर नेताबाट बिना लगानी क्यासिनोका मालिक बन्न पुगेका राई र बिष्टले अहिले राजनतिक आडमा गुण्डागर्दी शैलिमा अन्नपूर्ण होटलका मालिकलाई नै धम्क्याउन र तर्साउन थालेका छन् ।

घरभाडा, राजश्व र मजदुरको करोडौं रुपैंया पारिश्रमीकमा रजगज गर्दै राई र बिष्टले अहिले होटलका मालिक कपिल राणा र उनको श्रीमती श्रीजना राणालाई धम्क्याउन थालेका हुन् ।

मजदुरको तलब र सञ्चालकद्वय बिष्ट र राईको आपसी विवादका कारण क्यासिनो दुई बर्ष अगाडी बन्द भएको थियो । क्यासिनो बन्दको मौकामा होेटल मालिकले क्यासिनो भएको भवन भत्काई दिएका थिए । अहिले उक्त होेटलमा क्यासिनो छैन । करोडौं रुपैंया घर भाडा, राजश्व र मजदुरको तलब समेत चुक्ता नगरी फरार रहेका राई र बिष्ट पुनः सक्रिय भई होटल मालिकलाई ब्याकमेल गर्न थालेको स्रोत बताउँछ ।

होटल अन्नपूर्णमा पुनः नयाँ कम्पनीले क्यासिनो सञ्चालन गर्ने तयारी गर्न थालेपनि उनीहरुले ब्ल्याकमेल गर्न थालेका हुन् । होटल स्रोतका अनुसार माओवादी निकट मानिने राईले होटल सञ्चालिका सिर्जना राणालाई फोन गरेर अरुलाई क्यासिनो खोल्न दिए होटल नै तोडफोड गर्ने भन्दै धम्क्याउन थालेका छन् । उता बिष्टले भने करोडौ भाडा नतिरी क्यासिनोका सामान गुण्डागर्दी शैलीमा उठाउन थालेका छन् । स्रोतका अनुसार राई र बिष्ट पनि जानी दुस्मन नै हुन् ।

क्यासिनो सञ्चालन हुँदा राईलाई बिष्टले क्यासिनो प्रवेशमा समेत रोग लगाएका थिए । होटल अन्नमा भारतीय व्यापारी आषिश पटेलले क्यासिनो सञ्चालन गर्ने अन्तिम तयारी गरेका छन् । क्यासिनो ईम्पेरियल नाम राखेर पटेलले क्यासिनो सञ्चालन गर्न सम्बन्धित निकायबाट अनुमती समेत लिई सकेका छन् ।

अन्तिम अबस्थामा आएर केही रकम पाईने आशले बिशेष गरी राईले होटल सञ्चालक राणा द्वयलाई मानिसक तनाब दिन थालेका हुन् । तत्कालिन समयमा क्यासिनो सञ्चालकद्वय राई र बिष्टले होेटललाई घरभाडा बापत २५ करोड, राजश्व २० करोड र मजदुरलाई ८ करोड बराबर चुक्ता गर्न बाँकी छ ।

जनप्रहार साप्ताहिकमा समाचार छ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK