‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवईमा हुने

ENGLISH

NRN GLOBAL

‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवईमा हुने

14 May, 2018 | Kabi Adhikari | 1645 Views | comments

मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवईमा हुने भएको छ ।

न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा अवार्ड वितरण गरिनुका साथै २ पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने बताए । उनका अुनसार मकवानपुरबाट उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, सामाजिक पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता बर्ष अवार्ड, सञ्चार उद्यमी बर्ष अवार्ड र बजार व्यवस्थापक बर्ष अवार्ड प्रदान गरिनेछ ।

२०७४ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहने जनाईएको छ । मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले बताए । कार्यक्रमका लागि ३ नम्बर प्रदेश युएईको तर्फबाट स्थानीय आयोजकको रुपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीको समन्वय रहने र नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएईले सहयोग गर्ने कार्यक्रम निर्देशक गौतमले बताए । पत्रकार सम्मेलनमा आयोजक समितिका सल्लाहकार आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुगमाई, पूर्व अध्यक्ष राममणी दाहाल, पूर्व उपाध्यक्ष गिरिजा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कला तथा पत्रकारिताको क्षेत्रमा विगत केहि वर्षदेखि अनवरत रुपमा क्रियाशील सिधाखबर डटकमले पत्रकारिता क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउदै आएका व्यक्तित्वहरुको हौसला अभिवृद्धिको अभिप्राय राखी वृहतस्तरको हेटौडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको बताईएको छ ।
पत्रकारीतामा सम्मानित व्यक्तित्वहरुले समेत नविनताको अनुभूति गरुन् र भावि पुस्तालाई समेत प्रेरणा होस भन्ने अभिप्रायले सम्मान तथा अवार्ड कार्यक्रम गर्ने लक्ष्य राखिएको बताईएको छ ।

मनिषा कोइरालालाई ‘दादा साहेब फाल्के अवार्ड’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK