हिलारी क्लिन्टनको बारेमा अमेरिकाका नेपाली महिला यसो भन्छन : ​

ENGLISH

NRN GLOBAL

हिलारी क्लिन्टनको बारेमा अमेरिकाका नेपाली महिला यसो भन्छन : ​

14 June, 2016 | Sandeep Bhattarai | 555 Views | comments

womanहिलारी क्लिन्टन अमेरिकाको इतिहासमा प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भए पछि उनी चर्चा र परिचर्चाको शिखरमा पुगेकी छिन् l अमेरिकाका राष्ट्रपति बराक ओबामाले समेत उनलाई समर्थन गरि सकेका छन् l हजारौ हजार नेपाली समुदायहरुले पनि मतदानमा भाग लिई सकेका छन् l

प्राथमिक निर्वाचन सकिएको छ भने अब नोभेम्बरमा आम निर्वाचन हुँदैछ l अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित इनेप्लिजले अमेरिकाका बिभिन्न राज्यमा बसोबास अधिकांस कहिले पनि संचार माध्यममा नआउने केहि नेपाली मुलका महिलाहरुसंग हिलारी क्लिन्टनको बारेमा जिज्ञासा राखेको थियो l

अन्तर्वार्ता दिने सबैले आगामी अमेरिकाको राष्ट्रपति पदमा महिलाले नेतृत्व लिन पाउन भन्ने शुभ कामना समेत व्यक्त गरेका छन् l

नेपाली मुलका महिलाहरुको ​भनाई​ ​जस्ताको तस्तै :

क्यालिफोर्नियाको लसएञ्जलसमा लक्ष्मी ब्युटी सैलुन संचालन गर्दै आएकी नेपाली मूलकी अमेरिकन व्यवसायी लक्ष्मी पन्तले भनिन मलाई अमेरिकन राजनीतिको खासै गहिराइबाट ज्ञान छैन । महिला भएको नाताले विश्वको शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपतिमा हिलारी बिजय भएको हेर्ने चाहना रहेको बताइन l

उनले थप गर्दै भनिन उनको विजयले संसारमा नारिलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउछ भन्ने विश्वाशले मैले हिलारीलाई प्राथमिक निर्वाचनमा मत हाले । र अब नोभेम्बरमा पनि मेरो मत उनलाई नै जान्छ भनिन l

यसै गरि सिकागो नेपाल हाउस कि संचालक कमला घिमिरेले हिलारी क्लिन्टन एक योग्य र क्षमतावान महिला भएकोले उनको यो बिजयले आफु अत्यन्तै हर्षित छु भनिन l अमेरिकामा एक पटक महिला नेतृत्व हुनु पर्छ भन्ने लागेको बताए l

यसै गरि कनेक्टिकट निवासी र नेपाल बिराटनगर घर भएकी बिभुति पौडेल भन्छिन अहिले सम्म महिला राष्ट्र पति हुन् नसकेको अवस्थामा आफु पनि महिला भएकोले हिलारी क्लिन्टन नै राष्ट्रपति हुनु पर्छ भन्ने मनमा लागेको बताइन l

बिराटनगर बाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजत जयन्ति समारोहमा सहभागी हुन् डिसी आएकी कवियत्री तथा साहित्यकार ईश्वरी गौतम भन्छिन नेपालमा हामीले भर्खर राष्ट्रपति महिला नै पाएकोले यत्रो ईतिहास हुँदा पनि महिला राष्ट्रपति हुन् नसकेकोले आफु पनि अमेरिकामा भएको बेलामा हिलारी क्लिन्टन नै राष्ट्रपति हुन् भन्ने मेरो चाहना रहेको बताइन l

यसै गरि डिसी महानगर क्षेत्रको भर्जिनियामा झन्डै दुई दशक भन्दा अगाडी देखि बसोबास गर्दै आएकी बिद्यालयमा कार्यरत भवानी शर्मा भन्छिन आफुले हिलारीलाई नै मतदान दिएको हु र भर्जिनियामा बाट उन्ले नै जितेकी पनि हुन् l महिला राष्ट्रपति देख्न पाउनु पर्छ जस्तो आफुलाई लागेको बताइन l हिलारीको जितले खुसीको सिमा नै छैन भनिन् l

यसै गरि डिसी क्षेत्रको भर्जिनियामा बसोबास गर्ने बैंकमा कार्यरत महिला सरला पाण्डे भन्छिन अब इतिहास रचिने छ जस्तो लागेको छ l हिलारी संग अनुभव छ र उनि योग्य छिन् भन्दै राष्ट्रपति हिलारी नै भएको हेर्न चाहेको बताईन l

यसै गरि टेक्सास हुस्टनमा केहि समय अगाडी देखि महिला शृङ्गार गृह (नेल्स) संचालन गर्दै आएकी भावना पाण्डे बिष्ट भन्छिन बिकशीत देश जहाँ महिला र पुरुष बराबर भनिन्छ र छन पनि l प्रजातन्त्रका लागि आफूलाई विश्वकै अग्रणी बताउने अमेरिकाले बल्ल आएर महिला राष्ट्रपति छान्न पाउनुले व्यवहारमा अमेरिका अन्य अल्प विकसित देशहरुभन्दा राजनीतिक रुपमा पछि परेको देखिएको थियो l

आशा गरौं ,अब प्रजातन्त्रको जननीका रुपमा चिनिएको अमेरिकी नागरिकहरुले पहिलो पटक महिला राष्ट्रपति चुनेर विश्वलाई महिला पुरुषभन्दा कुनै कुरामा पनि कमी छैनन् भनेर देखाउने सुभ अवसर प्राप्त गर्नेछ ।

यसै गरि क्यालिफोर्नियाकि महिला सशक्तिकरणमा अहम भूमिका निर्वाह गर्दै आएकी सामाजिक कार्यकर्ता तथा नेपालमा संघ संस्थाकि अध्यक्ष समेत भै सकेकी राम देवी पलिखे श्रेष्ठ भन्छिन हिलारी विश्वको लागि प्रतिष्ठाको बिषय हो भनिन l उनि एक क्षमतावान ,कुसल ,योग्य र अनुभवी महिला भएकोले उनि राष्ट्रपति हुनु पर्छ भन्ने सोच रहेको बताइन l

न्युयोर्ककि समाज सेवी मीठु थापा भन्छिन ,अमेरिकामा पुरुष तथा महिला समान भएको देश भएता पनि इतिहास मै पहिलो पटक सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व हिलारी क्लिन्टनले गर्ने भएकोले उनि नै यो देशको राष्ट्रपति हुन् जस्तो मलाई लाग्छ भनिन l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK