हिलारी किलन्टन र अमेरिकाको राष्ट्रपति चुनाब

ENGLISH

WORLD

हिलारी किलन्टन र अमेरिकाको राष्ट्रपति चुनाब

8 June, 2016 | arjun baral | 1105 Views | comments

hillary

अहिले अमेरिकामा चर्चा र परिचर्चाको शिखरमा रहेको बिषय भनेको नै राष्ट्रपतिको उम्मेद्वारहरुको चुनाब हो यसले अमेरिका मात्र नभइ विश्वको ध्यान खिचेको छ । अमेरिका कि पुर्व विदेश मन्त्री हिलारी क्लिंटनले सोमबार डेमोक्रटिप पाटीको राष्ट्रपति पदका लागि उम्मेदवारमा विजयी हासिल गरेकी छन् । यसले अमेरिकाको २४० बर्षको इतिहासमा यस्तो महिला बनाई दिएको छ । जो प्रमुख राजनीतिक दलको प्रमुख राष्ट्रपति पदको उम्मेदवारहुनेछन् ।

को हुन हिलारी क्लिन्टन
हिलारी क्लिन्टनको जन्म २६ अक्टुबर १९४७ शिकागोको इलिनोइसमा भएको थियो । हिलारीले ल को डिग्री एल युनिभर्सिटीबाट पुरा गरेकी हुन् । उनीले १९७५ मा अफुसंग कक्षामा पढने साथी बिल क्लिंटन संग बिहे गरिन् । जो अमेरिको पुर्व राष्ट्रपति पनि हुन् । १९९३ देखी २००१ सम्म बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति हुदा हिलारी अमेरिकाको प्रथम महिला बन्न पुगिन् । २००७ मा आएर हिलारीले राष्टपति चुनावमा भाग लिने योजना बनाइन् । २००८ मा आएर यिनलाई यो कुराको स्पष्ट भयो कि बहुमत बराक ओबामा संग छ । ओबामाले आफ्नो जीत पछि हिलारी क्लिन्टनलाई राज्य सचिबमा नियुक्त गरे । यसरी नै हिलारीले २००९ देखी १३ सम्ममा सचिब पदको पुरा फाइदा उठाउन सफल भईन र आउदो राष्ट्रपटि चुनाबको लागि आफुलाई पुर्ण रुपामा तयार पारिन । अहिले उनीबाट धेरैले अमेरिकाको पहिला राष्टिपति बन्न सक्ने दाबेदार उम्मेदवारको रुपमा लिएका छन् ।

पुयोर्तो रिकोमा शनिबार दिएको बक्तव्य पछि हिलारीलाई सुपरडेली गेटका अतिरिक्त समर्थत पनि मिलेको छ । यसले ६८ बर्षीय हिलारी उम्मेदवार बन्ने सक्ने देखिन्छ । हिलारीलाई १८१२ प्लेज्ड डेलीगेट र ५७२ सुपर डेलीगेटका तर्फबाट पनि समर्थन छ । उनी संग कुल प्रतिनिधी २३८४ हुनेछन् । यो संख्या उम्मेदवारी पाउनको लागी चाहिने संख्या भन्दा अधिक संख्या हो ।

के हो प्लेज्ड र सुपर डेलीगेट

सुपर डेलीगेट ति प्रतिनिधि हुन जस्लाई अधिबेशनमा भाग लिन पाउने छन् र आफ्नो मत अधिकार आफुले चाहेको उम्मेदवारलाई दिन सक्छन् । यिनलाई पार्टीको उमेद्वारको लागि बहुमत नआउने स्थितीमा कस्लाई उम्मेदवार बनाउने भन्ने अधिकार पनि हुन्छ । यस्तै प्लेजेन्ट डेलिगेटहरु जस्लाई राज्य या स्थानीय स्तरबाट छानिएको हुन्छ । अथवा जो डेमोक्रेटिक पाटीको राष्ट्रिय सम्मेलनमा आफ्नो उम्मेदवारको पक्षबाट आफ्नो मत प्रदान गर्दछन् ।

के हिलारी आउने राष्ट्रपतिको चुनाबमा बिजयी होलीन

पुर्व अमेरीकि प्रथम महिला , न्यूयोर्क कि बरिष्ठ सभा सदस्य र पुर्वी विदेश मन्त्री हिलारी क्लिनटन अत्यधिक उतारचडाब संग लडदै १२ अप्रिल २०१५ मा आफुलाई २०१६ को राष्ट्रिपति चुनावमा समाबेश गरिन । क्लिन्टनका अभियान अध्यक्षले अधिकारीक रुपमा इमेलको माध्यमबाट यस कुराको घोषण गरेका थिए । अव उनले रिपब्लिकन प्रत्यासी रियल स्टेट अर्बपति डोनाल्ड जोन ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछिन् ।

हालै गरिएको जनमत सर्वेक्षणमा ट्रम्प जस्तै हिलारी पनि सर्वाधिक लोकप्रिय उम्मेदवारमा एक हुन् । विदेश मन्त्रीको रुपमा निजी इमेल सर्वरलाई प्रयोग गर्ने विषयले हिलारीको पारदर्शिता र उनको इमान्दारीतामा एक प्रश्न चिन्हा उठेको छ । रिपब्लिकन पाटीका समर्थकहरुले पनि हिलारिको विदेश नीति प्रति गरेको कामको रेकर्ड, लीविया र रुस संग गरेको व्यवहार प्रति नराम्रो प्रतिकृया दिने गरेका छन् । यसले उनीको विपरित उम्मेद्धारलाई फाइदा पुग्न सक्छ ।

यो पनि हेर्नुहोस् :- 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK