हिम्मतवालाको फर्स्ट लुक्स सार्बजनिक

ENGLISH

ENTERTAINMENT

हिम्मतवालाको फर्स्ट लुक्स सार्बजनिक

5 June, 2016 | Anjana Bhandari | 850 Views | comments

himmatसुदर्शन गौतम प्रमुख भुमिकामा रहेर अभिनय गर्न लागेको चलचित्र “हिम्मतवाला” (एक बहादुर मानिस) को फस्र्टलुक पोष्टर र शुभमुहुर्त गरिएको छ ।क्यानडा र अमेरिकामा छायाँकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोष्टरलाई सिएनएन हिरो अनुराधा कोइरालाले सार्वजनिक गरेकी थिइन ।

क्यानडाको मिसेसागा सिटीको पार्क इन् याडिसन होटेलमा आयोजित “सुपर कमेडी मेगा नाइट” मा अनुराधा कोइराला, हास्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौला लगायतले सयूंक्त रुपमा चलचित्र हिम्मतवालाको पोष्टर सार्वजनिक गरेका हुन् ।

सोहि क्रममा टंक बुढाथोकीको स्वर र संगीतमा रहेको “म हुँ हिम्मतवाला” गीतको पनि सार्वजनिक गरिनुको साथैं उक्त गीतमा कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।पुराना निर्देशक हरि सिवाकोटीले निर्देशन गर्न लागेको यस चलचित्रमा नायक सुदर्शन गौतम एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । चलचित्रको सार्वजनिक पोष्टरमा सुदर्शन एक्लै देखिएका छन् ।

यसअघि चलचित्रलाई इश्वर थापाले निर्देशन गर्ने कुरा थियो तर केहि प्राविधिक कारणले गर्दा चलचित्रलाई हरि सिवाकोटीले निर्देशन गर्न लागेका हुन् ।दर्जनौ चर्चित पुस्तकहरु समेत लेखिसकेका हरि सिवाकोटीले “सौता”, “बेदना र मुक्ति”, अमेरिकामा निर्मित पहिलो नेपाली चलचित्र “इस्थ मित्र”, क्यानडामा निर्मित चलचित्र “मैले विरोध गरेको छैन” लगायतका चलचित्रहरु निर्देशन गरिसकेका छन् ।

चलचित्र हिम्मतवालाको सार्वजनिक गरिएको पोष्टर हेर्दा सुदर्शन फरक भुमिकामा प्रस्तुत हुन लागेको सजिलै अनुमान गर्न सकिन्छ । चलचित्र हिम्मतवालीमा पहिलो पटक काम गरेर सर्वाधिक चर्चा बटुलेका सुदर्शनले यस चलचित्रमा आफु विल्कुलै फरक भुमिकामा देखिन लागेको कार्यक्रममा बताए ।

यो चलचित्रको छायाँकन अगष्टबाट सुरु हुँदैछ । कानी मल्टी भिजन आइएनसी र जिटीए लाइन्स क्लबको सयूक्त आयोजनामा भएको “सुपर कमेडी मेगा नाइट” मा सहभागी हुनका लागि नेपालबाट माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला क्यानडा पुगेका थिए ।
उक्त सुपर मेगा कमेडी नाइटमा समाजमा रहेर उत्कृष्ट काम गर्ने करिब ३० जनालाई अभिनन्दन पनि गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK