हिमाल आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको अन्तिम विदाई

ENGLISH

SPORTS

हिमाल आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको अन्तिम विदाई

25 July, 2017 | Sandeep Bhattarai | 1335 Views | comments

सञ्जय पण्डित

प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कृष्ण बहादुर महारा, गृहमन्त्री जनार्दन शर्मा लागएतले अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली दिएका छन् । अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते निधन भएको थियो ।

अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि नेपाल आइपुगेको हो । उनको शवलाई आज बिहान १० बजे श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा राखिएको थियो । प्रधानमन्त्री देउवा सहित राजनितीक दलका नेता तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु उनलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

प्रधानमन्त्री देउवाले प्रतिभाशाली पण्डितको निधनले राष्ट्रलाई क्षति पुगेको बताएका थिए । उनले भने “सञ्जय पण्डितजीको नेपालको पहिचानलाई चिनाउने आरोहणका क्रममा अमेरिकाको अलास्कामा दुःखद निधन भयो । यसले सबै नेपालीलाई चोट पुगेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु,।”

सभामुख ओनसरी घर्ती, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत, नेकपा(माओवादी केन्द्र)का वर्षमान पुन लगाएत नेताहरु राखेप पुगेका थिए । पण्डितलाई श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सर्वसाधारण, राष्ट्रिय खेलाडी तथा खेलप्रेमी र आरोहणमा संलग्न व्यक्तिहरु त्रिपुरेश्वर पुगेका थिए ।

विसं २०६५ देखि साहसिक यात्रा सुरु गरेका पण्डितले प्युठानको स्वर्गद्वारीबाट काठमाडौँको दूरी ४७ घण्टा २० मिनेटमा पार गरेकाथिए । दौड सँगसँगै हिमाल आरोहण शुरु गरेका पण्डितले सगरमाथा दुई पटक सफल आरोहण गरेका थिए ।

पण्डितको अन्त्येष्टि गृहजिल्ला प्यूठानमै हुने परिवारका सदस्यले जानकारी गराएका छन् । त्यसका लागि उनको शव हेलिकोप्टरमार्फत आजै प्यूठान लगिनेछ । त्यसअघि प्यूठानको टिकुरी बसपार्क परिसरमा अन्तिम श्रद्धाञ्जलि दिइनेछ ।सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसकेका २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।

हिमाल आरोहणका क्रममा कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK