‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

ENGLISH

NRN GLOBAL

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

रामप्रसाद ढुंगेल

22 October, 2017 | Bipin Acharya | 1855 Views | comments

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र नेपाली सामाजिक संस्था ‘हामी नेपाली एशोसिएसन’ले यूएईमा नेपाल महोत्सव गर्ने भएको छ ।

नेपाली उत्पादनलाई विश्वबजारमा परिचित गराउँदै नेपाली कला, संस्कृति र पर्यटनको विकासमा योगदान पुर्‍याउन उक्त महोत्वसले सहयोग पुग्ने एशोसिएसनको लक्ष्य रहेको छ ।

नेपालमा लगानी गर्न विदेशीहरुलाई प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको एशोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य बताएका छन् ।

एशोसिएसनले बरदुबईस्थित आफ्नै कार्यालयमा २० अक्टोबर, शुक्रबारका दिन एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना भावी कार्ययोजना र अहिलेसम्म सम्पन्न गरेका कामहरुबारे जानकारी गराएको हो ।

आगामी दुई महिना भित्रमा आयोजना गर्ने योजनाका साथ महोत्सवका लागि प्रशासनिक कामहरु भइरहेको जानकारी सम्मेलनमा गराइयो ।

यूएईमा समस्यामा परेका नेपालीहरुको हितका लागि स्थापना भएको यस सामाजिक संस्थाले गत वषर्ामा नेपालमा बाढी आउँदा नवलपरासी लगायतका जिल्लाहरुमा नौ हजार दिराम्स (करिब ३ लाख रुपैयाँ) बराबरको राहत सामग्री वितरण समेत गरेको जानकारी दिइएको छ ।

एशोसिएसनका अध्यक्ष डा. आचार्यको लगानीमा सञ्चालित डीडीए ग्रुप अन्र्तगतका एभरेस्ट मिडिया, एभरेस्ट रेस्टुरेन्ट, हिमालय रेस्टुरेन्टले समेत बाढीपीडितको राहतका लागि आर्थिक रुपमा सहयोग गरेका थिए ।

त्यसरी नै संयुक्त बाढीपीडित संयन्त्र यूएईमा पनि हामी नेपाली एसोसिएसनले करिब एक लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो ।
नेपालको सुस्ता बस्तीमा बाढी आउँदा बस्न मिल्ने सार्वजनिक भवनको निर्माण समेत एसोसिएसनले गरिदिने जानकारी गराइएको छ । उक्त भवन स्थानीय सञ्चालक समिति गठन गरी हस्तान्तरण गरिनेछ ।

उक्त एसोसिएसनका अध्यक्ष डा.आचार्यले संस्था दर्ता भएलगत्तै सामाजिक सेवा तथा एसोसिएसनका गतिविधिमा सहयोग पुगोस् भनी एक लाख पचास हजार दिराम्स -करिब बयालीस लाख रुपयाँ)को कोष स्थापना व्यक्तिगत रुपमा अध्यक्ष डा. आचार्यले गरेका थिए ।

त्यसैगरी एसोसिएसनले यूएईमा नेपाली पत्रिका प्रकाशनको लागि तयारी थालेको जानकारी समेत पत्रकार सम्मेलनमा गराइएको छ ।
संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि एक जना स्नातक उत्तीर्ण पत्रकारिता र कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्थापकको व्यवस्था गर्ने एसोसिएसनको तयारी भएको उपाध्यक्ष सञ्जय पाण्डेले बताए ।

यूएईको नेपाली समुदायमा करिब ८० वटा संघसंस्था क्रियाशील भए पनि यहाँको स्थानीय निकायमा दर्ता नगरी सञ्चालन गर्नु स्थानीय कानुन विपरीत हुने भएको स्मरण गराउँदै राजनीतिक दलका भातृ संगठनबाहेकका सबै संघसंस्थाका प्रतिनिधिहरुले एसोसिएसनको सदस्यता लिन सकिने सम्मेलनमा जानकारी गराइयो ।

गोल्ड, सिल्भर र साधारण गरी तीन प्रकारका सदस्यता एशोसिएसनले जारी गर्ने र सो पत्रका आधारमा यूएईमा वैधानिक तरिकाले सामाजिक गतिविधिमा भाग लिन, साँस्कृतिक तथा खेदकुद कार्यक्रम गर्न पाइने एशोसिएसनले जनाएको छ ।

स्मरण रहोस्, यहाँका कानुनले चन्दा संकलन गर्न, सार्वजनिक स्थलमा भेला भएर बैठक बस्न, आर्थिक क्रियाकलाप गर्न, विना अनुमति साँस्कृतिक कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।

यद्यपी अधिकांश नेपाली संघसंस्थाले आफ्ना गतिविधि लुकीछिपी गर्दै आएका छन् । एशोसिएसनले यूएईमा रहेका सबै नेपाली संस्थाहरुको अभिभावक संस्थाको रुपमा काम गरी सबैलाई वैधानिक तरिकाले सामाजिक गतिविधि गर्न सुझाव दिएको छ ।

स्थानीय निकायले नेपाली संघसंस्थाका गतिविधिलाई नजिकबाट नियालेको कारण भविष्यमा कोही नेपालीहरु समस्यामा नपरुन् भनी सहजीकरण गर्न एशोसिएसन संरक्षणका रुपमा स्थापित भएको सम्मेलनमा जानकारी गराइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK