हलिउड चर्चामा सेलेना र नेमार

ENGLISH

ENTERTAINMENT

हलिउड चर्चामा सेलेना र नेमार

1 July, 2016 | Krishna Adhikari | 1285 Views | comments

577638bf37ba89.54351318

कलिउड र बलिउड फिल्मी क्षेत्रमा मात्र नभई हलिउडमा पनि बारम्बार डेटको चर्चाले राम्रै बजार तताएको सुनिन्छ । त्यस्तै अहिले हलिउडमा चर्चित पपगायिका एवं नायिका सेलेना गोमेज र ब्राजिलका फुटबल स्टार नेमारको डेटिङ प्रसंगले हलिउड निकै तताएको छ ।

संसारको ध्यानलाई कोपा र युरो कप फुटबलले तानिरहेको बेला यो जोडीको डेटिङ चर्चाले धेरै ध्यानलाई यसतर्फ खिचिदिएको हो ।
उनीहरूको प्रेम चर्चा र आशंका अघिदेखि नै हुदैँ आए पनि केही दिनअघि न्युयोर्कको एउटा नाइट क्लबमा उनीहरू रोमान्टिक मुडमा देखिएपछि धेरैले त्यो आशंकाप्रति थप विश्वास बढेको छ । नाइट क्लबबाट केही समयको अन्तरालमा उनीहरू निस्किएका थिए ।

सेलेनाको पूर्वप्रेमी गायक जस्टिन बाइबरको फुटबलर नेमार मिल्ने साथी हुन् । जस्टिन र नेमारको मित्रताका कारण पनि सेलेना र नेमारबीच विकास भएको सम्बन्ध अहिले चासोको विषय बनको छ । तर २३ वर्षीया सेलेनाले २४ वर्षीया नेमारसँगको सम्बन्धका बारेमा अहिलेसम्म केही पनि बोलेकी छैनन् ।

पछिल्लो समय सेलेनाको बारेमा जस्टिनले निकै चासो राख्दै आएका छन् । उनी के गर्दैछिन, उनको बारेमा के भइरहेको छ भन्ने विषयमा निकै ख्याल गर्ने गरेको स्रोतको भनाइ छ । जस्टिनले उनीसँग ब्रेकअप भएपछि ‘प्रपोज’ नामक एल्बम निकालेका सेलेनालाई पुनः आफूले माया गर्ने सन्देश दिन चाहेको बताइएको छ ।

कतिपय फ्यानले नेमार र सेलेनाको जोडीलाई ‘सुन्दर जोडी’ जोडीको संज्ञा दिन थालिसकेका छन् भने केहीले अफेयर चलाउनुभन्दा एकअर्काका असल साथी बनेर सम्बन्धलाई सन्तुलनमा राख्न पनि सुझाएका छन् । अहिले सेलेना गोमेज आफ्नो वल्र्ड टुरमा व्यस्त छिन् ।

जस्टिनसँगको ब्रेकअप पछि उनको जीवनमा निकै उतारचढाव आए पनि त्यसलाई सन्तुलनमा राखेर अगाडि बढ्न उनी सफल भएकी छन् । एजेन्सी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK