हतियार प्रहारबाट श्रीमतीको हत्या

ENGLISH

हतियार प्रहारबाट श्रीमतीको हत्या

22 February, 2017 | Krishna Adhikari | 535 Views | comments

download (4)पर्साको ठोरीमा विहे भएको दुइ दिनमै एक महिलाको हत्या भएको छ । ठोरी गाविस वडा नम्बर ३ सरस्वती चोकका अशोक लोहारले दुई दिनअघि मात्र विहे गरेर कान्छी श्रीमतीका रुपमा घर भित्रयाएका २१ वर्षीया एलीसा सुनारको मंगलबार हत्या भएको हो ।

३५ वर्षीय लोहारले गत आइतबार कान्छी श्रीमतीको रुपमा घरमा भित्रयाएका एलीसाको मंगलबार धारिलो हतियार प्रहार गरि हत्या भएका हुन् ।

एलीसाको टाँउकोमा धारिलो हतियार प्रहार गरेर घाँटीमा डोरी बाँधेर हत्या गरिएको अवस्थामा शव भान्छाघरमा भेटिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए ।

हत्याको घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले मङगलवार नै एलीसाका श्रीमान लोहार र उनकी जेठी श्रीमति जमुना लोहारलाइ नियन्त्रणमा लिएको छ ।

लोहारले एलीसालाइ कान्छी श्रीमतीको रुपमा घरमा भित्रयाएको दिन देखि नै उनको घरमा लोग्ने स्वास्नीबीच झगडा शुरु भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए । एलीसाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । एलीसाको माइती घर चितवनको माडी नगरपालिका वडा नम्बर-९ स्याउलीबासमा छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK