हट फोटोशुट गर्दै मोडल दीपिका

ENGLISH

ENTERTAINMENT

हट फोटोशुट गर्दै मोडल दीपिका

19 June, 2016 | Sandeep Bhattarai | 565 Views | comments

 राम्रो बन्ने सुन्दर देखिने अनि नाम कमाएर चर्चामा आउने रहर सबैमा हुन्छ त्यो पनि रंगिन संसारमा अनि सिने संसारमा आफ्नो नाम स्थापित बनाएर, सपनाको शहर काठमाडौँ जहाँ दैनिक लाखौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवायुवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो l

di

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन् दिपिका भट्ट l बिगत केहि बर्ष देखि मोडलिङमा संघर्ष गर्दै आएकी दिपिका अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन् l

di1

भर्खरै मात्र मिस्टर नेपाल भएका मिस्टर नेपाल २०१६ का बिजेता गणेश अग्रवालसंग हट फोटोशुट गराएकी दिपिकाले चर्चामा आउन मात्र यसो नगरेको उनी बताउछिन् र अब आउने दिनहरु मा मोडलिङ क्षेत्रलाइ ब्यबस्थित गर्न पनि लागि पर्ने बताउछिन् l अभिनयमा पोख्त दिपिका सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण पनि हो l उनी मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ अर्थात सिने नगरीमा स्थापित हुन चाहन्छिन l

di2

चितवन पुर्ख्यौली घर भएकी दिपिका भट्ट अहिले सुन्दर शहर भक्तपुरम बस्छिन , भर्खर २० औ बसन्तमा प्रवेश गर्न लागेकी मोडल दिपिका भट्ट हेर्दा पनि आकर्षण छिन् , हासी रहने शालीन स्वभावकी मोडल दिपिका भट्टले केहि एडहरुमा समेत काम गरि सकेकी छिन् , उनी मोडेल मात्र नभएर एक राम्रो गीतकार पनि हुन् l भर्खरै मात्र गायिका इन्दिरा जोशी, गायक हिमाल सागर, गायक प्रमोद खरेलको आवाजमा आफ्नो गीत रेकर्ड गराई सकेकी दिपिकाले चाडैनै त्यो गीतहरुको म्युजिक भिडियो समेत निर्माण गर्न लागेकी छिन् र उक्त म्युजिक भिडियोमा आफैले अभिनय गर्ने समेत उनले बताइन l

di3

उनी भन्छिन त्यसको अलावा यदि कसै बाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुमा अफर आएमा खेल्ने सोचमा पनि छिन् l सानै उमेर देखि अभिनयमा पनि आफु लाइ अब्बल दर्जामा राख्न अनि कलाकारितालाई माया गर्ने दिपिका भविष्यमा एक सफल मोडेल बन्न रुचाउछिन l नब मोडेल दिपिकाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

di4

उनी भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफू अगाडी बढेको कुरा पनि उनी बताउछिन् ।विशेष गरि आफ्नो आमा दिदि दाजुहरुको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी दिपिका मोडेल मात्र नभएर एक कुशल गीतकार पनि हुन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK