हङकङ सरकारद्वारा म्याग्दीकी राधिका गुरूङ सम्मानित

ENGLISH

NRN GLOBAL

हङकङ सरकारद्वारा म्याग्दीकी राधिका गुरूङ सम्मानित

24 October, 2017 | Bipin Acharya | 1145 Views | comments

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

एनआरएनए हङकङकी अध्यक्ष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समन्वय समितिकी वरिष्ठ उपाध्यक्ष लगायत हङकङमा रहेका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेकी गुरूङलाई हङकङ बेलायतबाट स्वतन्त्र भएको अवसरमा दिइने ३३१ पदक मध्ये सूचीमा राखिएको थियो।

हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मान भित्र हङकङ नेपाली व्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार लगायत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय रहेकी गुरुङले सम्मानबाट सामाजिक दाहित्व बढेको बताइन् ।

‘यहाँ मैले गरेको कामको आधारमा सम्मानित हुने अवसर पाए । विदेशीभूमीमा समेत सामाजिक कार्यमा सक्रिय हुने अवसर पाएको छु’ उनले भनिन् । हङकङ र मकाउमा रियलस्टेट व्यवसायी समेत रहेकी गुरूङले बुद्ध शिक्षालाई प्रचारप्रसारमा उनको सक्रियता रहेको छ।

नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK