हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

ENGLISH

NRN GLOBAL

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

16 April, 2018 | Bhawana Pathak | 1950 Views | comments

राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका अध्यक्ष टीका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम समाजसेवी तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गर्नुभयो ।

हङकङमा समाजका अध्यक्ष टीका लिम्बू, जीवन पोमु लगायतले आर्थिक संकलन गर्नुभएको थियो । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो, रकम पाएपछि छोरी रेनुकाले भन्नुभयो, “अहिले हजुरहरुको सहयोगले आमाको उपचार भइरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौँ ।” हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले एक हप्ताअघि नगद १० हजार सहयोग गर्नुभएको थियो । करीब १० दिनअघि हङकङबाट याम सेम्बुले अगुवाइ गरेर आफन्त साथीभाइ, शुभेच्छुकबाट नगद दुई लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार र गोपाल थापाले ३१ हजार सहयोग गरिसक्नुभएको छ । देशविदेशबाट पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK