हङकङमा ’हाइक फर नेपाल’ शिर्षकमा पैदल यात्रा आयोजना गरिदै

ENGLISH

NRN GLOBAL

हङकङमा ’हाइक फर नेपाल’ शिर्षकमा पैदल यात्रा आयोजना गरिदै

3 July, 2016 | Bipin Acharya | 1725 Views | comments

भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) को आयोजना गरिने भएको छ । ‘हाइक फर नेपाल’ शिर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुनेछ ।

pp

कार्यक्रम आयोजक मितेरी समाज हङ्कङले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । ‘नेपालको लागि सँगसँगै पाईला चालौ’ भन्ने नारा दिइएको कार्यक्रम साउन ९ गते हुनेछ । ‘हामी उठ्नेछौ’ अभियान अन्र्तगत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित किर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनेछन् । उनले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व किर्तिमान बनाएका छन् ।

तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को किर्तिमान पनि उनकै नाममा छ । शेर्पाले हङ्कङेली सँगै विदेशीहरु सँग हिमाल आरोहरणका सफलता, समस्या र चुनौतीबारे अन्र्तक्रिया समेत गर्नेछन् ।

अन्तराष्ट्रिय सहर हङकङको केन्द्रविन्दु सेन्ट्र्र्र्र्रलबाट सुरु हुने यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बे मा पुगेर टुंगिनेछ । हङ्कङका अग्ला भूभागहरुमा हुने हाइकिङमा नेपालीहरुसँगै विदेशीहरु पनि सहभागी हुने आयोजक मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले बताए ।

भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाई थियो । हिमाल आरोही समेत सहभागी हुने भएकाले यो हङकङवासीहरुलाई नेपालको हिमालबारे जान्ने अवसर पनि हुनेछ ।

कंगन रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा समाजका रक्स गुरुङ्, अभियन्ता सुरज गुरुङ् लगायतले हामी उठ्ने छौ अभियान र हाइक फर नेपालको औचित्यमाथि प्रष्ट्याएका थिए । भूकम्प पीडितहरुको सहयोगार्थ सुरु भएको हामी उठ्ने छौ अभियान पछिल्लोसमय विश्वब्यापी बन्दै गईरहेको छ ।

संसारभरका नेपालीहरुको साथ समर्थन पाएको यस अभियानले सकृयतापूर्वक विभिन्न क्षेत्रहरुमा उत्प्रेरणामूलक गतिविधिहरुलाई निरन्तरता दिदैै आइरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK