हङकङमा नेपालको पर्यटन प्रवद्र्धन गरिने

ENGLISH

NRN GLOBAL

हङकङमा नेपालको पर्यटन प्रवद्र्धन गरिने

4 July, 2016 | Sandeep Bhattarai | 1980 Views | comments

भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) को आयोजना गरिने भएको छ । ‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने आयोजक मितेरी समाज हङ्कङले जनाएको छ ।

NTB-stand

‘नेपालकालागि सँगसँगै पाइला चालौं ’ भन्ने नारा दिइएको कार्यक्रम आगामी साउन ९ गते हुनेछ । ‘हामी उठ्नेछौँ’ अभियान अन्तर्गत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनुहुनेछ ।

उहाँले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाउनुभएको छ ।तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उहाँकै नाममा छ । शेर्पाले हङ्कङेलीसँगै विदेशीसँग हिमाल आरोहणका सफलता, समस्या र चुनौतीबारे अन्तक्र्रिया समेत गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सहर हङकङको केन्द्रविन्दु सेन्ट्रलबाट सुरु हुने यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बेमा पुगेर टुङ्गिनेछ । हङ्कङका अग्ला भू–भागमा हुने हाइकिङमा नेपालीसँगै विदेशी पनि सहभागी हुने समाजका अध्यक्ष तुलसी गुरुङले बताउनुभयो ।

भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँको भनाइ थियो ।

यो पनि हेर्नुस – हङकङमा ’हाइक फर नेपाल’ शिर्षकमा पैदल यात्रा आयोजना गरिदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK