हङकङ — गैर आवासीय नेपाली (एनआरएनए) महिला फोरम हङकङ गठन गरिएको छ । महिला संयोजक अनु राईको संयोजकत्वमा गठित फोरम २१ सदस्यीय रहेको छ ।
संयोजक राईका अनुसार महिला सशक्तिकरण, नेतृत्व विकास, समृद्धिलगायतका लागि फोरम गठन गरिएको हो । उक्त फोरमका सदस्यहरुमा क्रमश: विष्णु मुखिया, गीता गुरुङ, सावित्रा इङनाम, नानु गुरुङ, रिन्जी शेर्पा, निता थापा, कुरुण प्रधान, पवित्रा राई, देउकुमारी राई, सरस्वती चाम्लिङ, कल्याणी गुरुङ, अन्जु गुरुङ, अनिता राई, ईशु बर्देवा, देवी घिसिङ, सावित्री सुब्बा, विमता लिङदेन, सामिन वनेम, लक्ष्मी थापा र प्रभा राई रहेका छन् ।
गैर आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङको प्रमुखआतिथ्यमा सम्पन्न भेलाले असली लिम्बू, युगमाया राना, सरस्वती घिसिङ, रचना प्रधान, गोमा पुन, निलम थापा, मन्जु थापा र पविता पुमा राई फोरमको सल्लाहकारमा चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत फोरमले नेपालका दुर्गम क्षेत्रमा महिला स्वास्थ्य शिविर, सीपमूलक तालिम र आयमूलक व्यवसाय सञ्चालनमा सहयोग गर्ने योजना रहेको बताएकी थिइन् ।
– कान्तिपुरबाट ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...