स्वीडेन र आयरल्याण्डले बराबरी खेल्दा युरो कपमा स्पेन र इटालीले जित निकाले (भिडियो सहित)

ENGLISH

SPORTS

स्वीडेन र आयरल्याण्डले बराबरी खेल्दा युरो कपमा स्पेन र इटालीले जित निकाले (भिडियो सहित)

14 June, 2016 | Sandeep Bhattarai | 590 Views | comments

युरो कप अन्तर्गत सोमबार भएको खेलमा स्पेन र इटालीले जित निकाल्दा, स्वीडेन र आयरल्याण्डले बराबरी खेलेका छन् । सोमबार भएको पहिलो खेलमा सन् २००८ र २०१२ को विजेता स्पेनले कठिन जित आत्मसाथ गरेको छ ।

sp1

सोमबार बेलुका भएको खेलमा समय सकिनुभन्दा तीन मिनेट अगाडि चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्दै स्पेनले विजयी सुरुवात गरेको हो ।पहिलो हाफमा चेक रिपब्लिकले केही राम्रा प्रयास गरेपनि गोल गर्न नसक्दा पराजित हुनु परेको छ । स्पेनले चेक रिपब्लिकविरुद्ध जित निकाल्नका लागि ८७ औं मिनेटमा डिफेन्डर पिटर चेकले गोल गरे ।

चेक रिपब्लिकका खेलाडीले बचाउ गरी पठाएको बललाई आन्द्रेस इनिएस्टाले डी बक्स भन्दा बाहिरबाट दिएको पासलाई हेडमार्फत गोल गर्दै पिकेले जाली चुमाएका थिए ।

त्यस्तै हिजो भएको दोस्रो खेलमा स्विडेन र आयरल्याण्डले बराबरी खेलेका छन् । पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आयरल्याण्ड अंक बाँडन वाध्य भयो ।

Republic-of-Ireland-vs-Sweden-Live-Streaming

खेलको ४८ औं मिनेटमा सिमुस कालेमनले निकालिदिएको पासमा वेस्टी होलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७१ औं मिनेटमा स्वीडेनले उपहार गोल पायो । स्वीडिस स्टार ज्लाटन इब्राहिमोबिचले प्रहार गरेको बल क्लियर गर्न लाग्दा आयरल्याण्डका सियारान क्लार्कले आत्मघाती गोल गर्न पुगेका थिए । त्यसपछि खेलमा कुनै गोल नभएपछि दुबैले एक/एक अंक बाँडे ।

यसैगरी मंगलबार बिहान भएको खेलमा इटाली बिजयी भएको छ । आज बिहान भएको खेलमा इटालीले बेल्जियमलाई २-० ले स्तब्ध पार्यो ।

फ्रान्सको ल्योनस्थित अेालम्पिक रंगशालामा इटालीले खेलको ३२औं मिनेटमा लियोनार्दो बोनुक्कीले मिलाइदिएको उत्कृष्ट पासमा जीचेरिनीले गोल गर्दै इटालीलाई अग्रता दिलाए । पहिलो हाफमा १-० ले पछि परेपछि दबाबमा परेको बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न सकेनन ।

it1

तर खेलको इन्ज्युरी समयमा ग्राजीयानो पेल्लेले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

स्पेन र चेक रिपब्लिकको खेल –

स्वीडेन र आयरल्याण्डको खेल –

इटाली र बेल्जियमको खेल –

यो पनि हेर्नुस – क्रोएसिया, पोल्यान्ड र जर्मनीको युरो कपमा सुखद सुरुवात (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK