स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु

ENGLISH

NRN GLOBAL

स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु

लक्ष्मण देबकोटा, जेनेभा

22 January, 2017 | Sandeep Bhattarai | 1275 Views | comments

सूर्यविर तामाङस्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सूर्यविर तामाङको मृत्यु भएको हो ।

बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका दिन सामान्य छाति दुख्यो भनेपछि जेनेभास्थित स्थानीय अस्पताल लगेको भएपनि डाक्टरहरुले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका थिए ।

अस्पताल पुगेर सुइ लगाएर केहिबेर आराम गर्न भनेर सुताइएका तामाङको केही घण्टामै मृत्यु भएको थियो । डाक्टरले हृदयघात भनेपनि सामान्य डिप्रेसनका पीडित सूर्यको नशाबाट दिइएको औषधिको रिएक्शनका कारण निधन भएको बताइएको छ ।

बाबु दुर्गा तामांगले स्थानीय महान्याधिबक्ता र प्रहरीमा उजुरी गरेका छन । उजुरीपछि मृत शरीरको पोस्टमार्टम गरेलगत्तै परिवारले शनिबार शव बुझेर बौद्ध परम्परा अनुसार दाहसंस्कार गरेको छ ।दाहसंस्कारका क्रममा तामाङका कलेज र खेल संस्थाका १५० जना स्विस साथीहरु, जेनेभा, जुरीक र बासेल बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको अन्तिम बिदाइको धार्मिक कर्म सोनाम लामाले गरेका थिए ।

तीन हप्तामा पोस्टमार्टम रिपोर्ट आएपछि कानूनी रुपमा प्रक्रिया अगाडी बढाइने कुरा पिता दुर्गा बहादुर तामांगले बताएका छन् । केहि बर्ष अघि डाक्टरको लापरबाहीले जेनेभामा बस्ने नेपाली बृद्धले पनि एउटा आँखाको ज्योति गुमाउनु परेको थियो ।

कुवेतमा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK