गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

स्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

स्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने

9 August, 2018 | Reeta Shrestha | 5840 Views | comments

गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित गायिका रिता केसी कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रमम तय भएको छ।  आगामी १५ सेप्टेम्बर २०१८ शनिवारको दिन स्वीट्जरल्याण्डाको सियोनमा हुने तीज कार्यक्रममा यस पटक भने केबल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभएर महिला सशक्ति करण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले बताएका छन्। एनआरएनए आईसिसी महिला संयोजक रजनी प्रधान र यूरोप क्षेत्रीय महिला सहसंयोजक संगीता मरहट्ठा अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएको छ।

एनसिसी स्वीट्जरल्याण्ड महिला फोरम संयोजक शुभ एल्मर लामाले दिएको जानकारी अनुसार उक्त दिन दिनको ठीक १३ः३० बजेबाट अन्तरक्रिया कार्यक्रम सुरु हुने र त्यसपछि तीज कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ।  त्यसैगरी कार्यक्रम आयोजक महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरको छ। उक्त कार्यक्रम सम्मन्धी अन्य बिस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK