स्विटजरल्याण्डवाट नेपालको पर्यटन प्रवद्वनका लागि जोड

ENGLISH

NRN GLOBAL

स्विटजरल्याण्डवाट नेपालको पर्यटन प्रवद्वनका लागि जोड

3 July, 2017 | Bipin Acharya | 655 Views | comments

नेपालको पर्यटन प्रवद्वनका लागि एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावास जेनेभा तथा एनआरएनए स्विटजरल्याण्डको संयुक्त्त आयोजनामा शनिबार राजधानी बेर्नमा कार्यक्रम सम्पन्न भएको हो।

“हिमालहरु:- संस्कृति र मानिसहरु बीचको संगमविन्दु” नाम दिईएको कार्यक्रममा,स्विटजरल्याण्डको विदेश विभाग एसिया प्यासिफिक क्षेत्र प्रमुख योहानेस माट्टिआसी प्रमुख अतिथिको रुपमा सहभागी भए। कार्यक्रममा सहभागि हुन पाएकोमा खुसी ब्यक्त्त गर्दै माट्टिआसीले दुई देश बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालको पर्यटन बिकासमा लागि स्विटजरल्याण्डको सधै सहयोग र सद्भभाव रहने बताए।

उनले दुई देशको कुटनीतिक सम्बन्ध र सहकार्यको चर्चा गरे ।“हिमालहरु:- संस्कृति र मानिसहरु बीचको संगमविन्दु” नाम दिईएको कार्यक्रममा,स्विटजरल्याण्डको विदेश विभाग एसिया प्यासिफिक क्षेत्र प्रमुख योहानेस माट्टिआसी प्रमुख अतिथिको रुपमा सहभागी भए। कार्यक्रममा सहभागि हुन पाएकोमा खुसी ब्यक्त्त गर्दै माट्टिआसीले दुई देश बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालको पर्यटन बिकासमा लागि स्विटजरल्याण्डको सधै सहयोग र सद्भभाव रहने बताए। उनले दुई देशको कुटनीतिक सम्बन्ध र सहकार्यको चर्चा गरे ।

स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले दुवै देश हिमाली राष्ट्रहरु भएकाले पनि विविध समानता रहेको बताउदै नेपालको पर्यटन प्रवर्धनमा स्विटजरल्याण्डले खेलेको भूमिको प्रशंसा गरे। राजदूत धितालले नेपालको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नयाँ संबिधान अन्तर्गत स्थानिय निकायका निर्वाचनहरू सम्पन्न भैरहेकोमा जानकारी समेत गराए।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. विनय श्रेष्ठले एनआरएनले जारी राखेको “अतिथिदेवो भव” कार्यक्रमको चर्चा गरे। उनले थपे: दुई साँस्कृतिक र दुई प्राकृतिक युनेस्को विश्व सम्पदाहरु हुनु मात्र पनि पर्यटन प्रवर्धनका लागि अपर्याप्त हुन सक्छ । त्यसैले प्रतिस्पर्धापूर्ण पर्यटकिय क्षेत्रका कारण नेपाल जाने सम्भावित पर्यटकहरुलाई विश्वस्त पार्न सक्ने र संगठित तबरको बजार उपस्थिति अपरिहार्य छ।”गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. विनय श्रेष्ठले एनआरएनले जारी राखेको “अतिथिदेवो भव” कार्यक्रमको चर्चा गरे। उनले थपे: दुई साँस्कृतिक र दुई प्राकृतिक युनेस्को विश्व सम्पदाहरु हुनु मात्र पनि पर्यटन प्रवर्धनका लागि अपर्याप्त हुन सक्छ ।

त्यसैले प्रतिस्पर्धापूर्ण पर्यटकिय क्षेत्रका कारण नेपाल जाने सम्भावित पर्यटकहरुलाई विश्वस्त पार्न सक्ने र संगठित तबरको बजार उपस्थिति अपरिहार्य छकार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनीधि कमल भट्टले नेपाल कहिले र किन घुम्ने भन्ने विषयमा जानकारी गराए। यस्तै नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्थुलले पनि नेपालको पर्यटन प्रवद्वनका बिषयमा बोले।

कार्यक्रममा स्विस नागरिकहरु र नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित केहि बर्षदेखि यो कार्यक्रम नियमित आयोजना हुँदै आएको छ ।

नेपाली सँस्कृति झल्कने नृत्य र गीत-संगित सहित नेपाली खानाका परिकारहरु पनि राखिएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK