स्ववियु निर्वाचन गर्न नेविसङ्घको माग

ENGLISH

POLITICS

स्ववियु निर्वाचन गर्न नेविसङ्घको माग

19 January, 2017 | Krishna Adhikari | 990 Views | comments

1

नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी सङ्घले आगामी फागुन १४ गते कुनै पनि हालतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ ।

नेविसङ्घ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नैनसिंह महरले कुनै पनि बहानामा स्ववियुको निर्वाचन रोक्न नहुने माग गर्नुभयो ।

गत पुस २० गते त्रिभुवन विश्वविद्यालय सिनेट बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्न गरेको निर्णयको स्वागत गर्दै उहाँले सिनेट बैठकले बिनाआधार उम्मेदवार हुन विद्यार्थीको उमेरहदबन्दी २८ वर्षे लगाउने निर्णय भने तत्काल सच्याउनुपर्ने बताउनुभयो ।

नेविसङ्घले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको परिप्रेक्षमा कम्तीमा एकपटकका लागि उमेरको हदबन्दी नलगाई निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । साथै सङ्घले अन्य विद्यार्थी सङ्गठन र वर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै मिश्रित निर्वाचन प्रणालीमा सहमत रहेको जनाएको छ ।

महामन्त्री सरोज थापाले केन्द्रीय समितिको निर्णयअनुसार सङ्घले स्ववियु निर्वाचनको तयारीका लागि अध्यक्ष महरको संयोजकत्वमा सात हजार एक सदस्यीय ‘स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति’ गठन गरेको अवगत गराउँदै सबै विद्यार्थी सङ्गठनको सरसल्लाह र सहमतिमा यथाशीघ्र कार्यतालिका निर्माण गर्न त्रिवि प्रशासनसमक्ष माग गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK