स्ववियु निर्वाचन आचारसंहिता जारी

ENGLISH

POLITICS

स्ववियु निर्वाचन आचारसंहिता जारी

29 January, 2017 | Krishna Adhikari | 750 Views | comments

download-1

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता’ जारी गरेको छ ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि त्रिविले  आचारसंहिता जारी गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो ।

आचारसंहिताअनुसार निर्वाचनका क्रममा विद्यार्थी सङ्गठनले आफ्नो पक्षमा मत जुटाउनका लागि कुनै तडकभडक प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

उहाँले क्याम्पसको निर्वाचन समितिले क्याम्पसमा नै सबै उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गरेर चुनावको  प्रचारप्रसार गरिदिने बताउनुभयो ।

उहाँकाअनुसार आचारसंहितामा क्याम्पसको कम्पाउन्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्याम्पस परिसरमा वाल पेन्टिङ, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्था छ ।

यसैगरी, उम्मेदवारले आफ्नो निर्वाचन घोषणा पत्र र उम्मेदवारको नामावलीको ए फोर साइजको एक रङ्ग भएको पर्चा मात्रै प्रचारप्रसार गर्न पाउने र क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

फागुन १४ गते हुने स्ववियु निर्वाचनमा पहिलो पटक त्रिविले २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अपनाउन थालेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK