स्ववियुको निर्वाचन फागुन १८ गते

ENGLISH

POLITICS

स्ववियुको निर्वाचन फागुन १८ गते

17 February, 2017 | Sandeep Bhattarai | 890 Views | comments

स्ववियुको निर्वाचन फागुन १८ गते

त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको बिहिबार साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न क्याम्पसमा तालाबन्दीका कारण प्रभावित भएको थियो । त्रिविविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले नयाँ निर्वाचनको मिति तयसँगै नयाँ कार्यतालिका तय भएको र सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि निर्वाचन सारिएको बताउनुभयो । “केही विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका छन्”, उहाँले भन्नुभयो, “ती ताला खुलाउने र आन्दोलनरत पक्षलाई पनि समेट्नका लागि निर्वाचन सारिएको हो ।”

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले क्रान्तिकारीको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने भएपछि सबैको सहमतिमा नयाँ मिति तय गरिएको बताउनुभयो । छलफलमा त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँ, रजिस्ट्रार उप्रेती, शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी, काठमाडौँ उपत्यकाका सबै क्याम्पस प्रमुख, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, क्रान्तिकारीका न्यौपानेसहित सबै विद्यार्थी सङ्गनठका नेताको सहभागिता थियो ।

त्रिविले फागुन १४ गतेका लागि निर्वाचन कार्यतालिका तयार गरिसकेको थियो । निर्वाचन कार्यतालिकानुसार आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो । त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले यसअघि दुई पटक स्ववियु निर्वाचनको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन ।

स्ववियु निर्वाचन गर्न नेविसङ्घको माग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK