स्वर्गीय पिताको नाममा पानी अभियानलाई सहयोग

ENGLISH

NRN GLOBAL

स्वर्गीय पिताको नाममा पानी अभियानलाई सहयोग

मित्रलाल पार्दे,पोल्याण्ड

7 July, 2017 | Sandeep Bhattarai | 1045 Views | comments

पानि अभियान

ज्ञानप्रसाद गौतम एवम कौशल्या गौतमकी छोरा काभ्रेका हाल जर्मनी बसोबास गर्दै आउनु भएका केदारप्रसाद गौतम तथा बुहारी राजनदेवी गौतम परिवारले हरेक घर धारो होस्, हरेक गाउँ सिंचाइ नारा अगाडि सारेर विदेशी भूमि पोल्यान्डबाट शुरुवात भएको घोराही ४ सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई स्वर्गीय पूजनीय रामचन्द्र चौलागाईंको सम्झनामा बार्हौ दिनको पूण्य तिथि पारेर रु २५ हजार सहयोग गर्नुभएको छ ।

चौलागाईं पनि सामाजिक काम गर्दागर्दै जीवन व्यतित गर्नुभएको र सबैले पानी पाउनुपर्छ भनेर शुरूवात भएको पानी अभियानमा उहाँको नाम पारेर सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उहाकी नातिनी एवम लक्ष्मीप्रसाद चौलागाईं तथा सीता माया चौलागाईंकी छोरी रजनी देबि गौतमले बताउनु भयो ।

विदेशी भूमिबाट पानी अभियानमा स्वर्गीय हजुरबुबाको नाममा सहयोग “जीवन भर सामाजिक काम गर्दागर्दै पूजनीय हजुरबुवा रामचन्द्र चौलागाईंको ९२ बर्षको उमेरमा अकल्पनीय निधनको खबरले मर्माहत बनायो, हजुरको आत्माको बैकुण्ठ मा बास होस भन्ने कामना गर्दछौ ।”

हामीले एक असल अभिभावक गुमाएका छौ। उहाँको भौतिक शरीर हामी माँझ नभएपनि स्वर्गीय पूजनीय मावलीघरको हजुरबुबाले दिएको ज्ञान र निभाएका पल पलको साथहरू हामी सदैव सम्झिरहनेछौं । हजुरबुबाको मृतात्माले शान्ति पाओस । हजुरबुबाले निर्वाह गर्नुभएको सामाजिक अभिभावकत्व तथा समर्पण, नैतिकता सधै खड्किने छ । हजुरबुबा जीवनभर सामाजिक काम गर्दागर्दै स्वर्गवास हुनु भो उहाको आत्माले शान्ति पाओस् भन्ने चाहना राख्दै हामी केदार प्रसाद गौतम एवम रजनीदेबी गौतम साथै गौतम परिवारको तर्फबाट आज पूजनीय स्वर्गीय हजुरबुवाको १२ औ दिनको पुण्य तिथि पारेर हरेक व्यक्तिले पानी पाउनुपर्छ भनेर विदेशी भुमिबाट शुरूवात भएको पानी अभियानमा रु २५ हजार प्रदान गरेका छौ ।

उहाँको यो पबित्र कामको लागि आभार प्रकट गर्दै पानी अभियानकर्ता फेसबुकमा लेख्छन् :
राजन देबि गौतम एवं दार प्रसाद गौतम ज्यू , आज तपाइहरुको यो कदमलाई सलाम गर्दछु । स्वर्गीय हजुरबुवाको पुण्य तिथि पारेर पानी अभियानमा जुन सहयोग गर्नु भयो त्यो सहयोगप्रति आभार प्रकट गर्दछु । स्वर्गीय हजुरबुवाको सामाजिक कामले अरुलाई प्रेरित गरे तपाइहरुको पबित्र कामले अवश्य काकाकुल प्राणिहरुले तिर्खाएका ओठ्हरु भिजाउने पानी पाउनेछन् । जुनदिन हरेक घरमा धारो हुने र हरेक गाउँमा सिंचाइ हुने सुनिश्चितता हुदैन त्यो दिन सम्म जिवित एवम स्वर्गीय आत्माहरुको शान्तिको लागि कराइरहनेछु , बोलिरहनेछु । काभ्रेमा पनि पानी अभियान चाडै शुरु गरिदिनुहोला हामी अगाडि बढ्नेछौ भनेर पठाएको खबर प्रति पनि आभार प्रकट गर्दछु । शुरुवाती गाउँ सफल पारेर पुरै देशमा अभियान महाअभियान बनेर हरेकले पानी पाउने वातावरण बनाउनुछ अनि बिस्तारै दुनियाँ भर ।

सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको तर्फबाट अभियानकर्ता मित्रलाल पार्देले स्वर्गीय पूजनीय राम चन्द्र चौलागाईंको आत्माको चीरशान्तिको कामना गर्दै ‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस्” भन्ने शुभकामना व्यक्त गरेका छन् ।

पानी अभियान सहयोगार्थ पोल्यान्डमा दर्पण छाया २ देखाइने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK