श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताउनुभएको छ ।
मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताउनुभएको हो ।
मन्त्री विष्टले भन्नुभयो, “मुलुकमा लाखौँ युवा बेरोजगार छन्, सरकार मुकदर्शक भएर बस्न सक्दैन, स्वदेशमै रोजगार सिर्जनाका आधारहरू खोज्नु आवश्यक छ र यसका लागि दक्ष जनशक्तिको उत्पादनमा पनि लाग्नुपर्छ ।”
वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भएपनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा हुने सिण्डिकेट तोड्न प्रभावकारी कदम चाल्ने बताउनुभयो ।
मन्त्री विष्टले कानुन विपरित सबै कामलाई हतोत्साहित र निरुत्साहित गर्न आफू पछि नपर्ने उल्लेख गर्दै काठमाडौँ उपत्यका बाहिर पनि क्रमशः श्रम स्वीकृतिको प्रबन्ध शुरु गरिएको जानकारी दिनुभयो ।
कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...
नेपाली नयाँको उपलक्ष्यमा फुजेरामा २७ अप्रिलमा आयोजना गरिएको भब्य...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...