स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

ENGLISH

NRN GLOBAL

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

पुष्कर बराल ,न्यू योर्क

10 December, 2018 | Sandeep Bhattarai | 1985 Views | comments

स्रष्टा सम्झना तथा सम्मान साँझ

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान स्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक कार्यक्रम भब्य रुपमा आयोजना गरेको छ ।

अमेरिकामै पहिलो पटक न्यू योर्क स्थित शेर्पा किदुगको हलमा विशेष सांगीतिक साँझ कार्यक्रमको आयोजना गरिएको छ । सांगीतिक कार्यक्रमा नेपाली स्थानीय कलाकारहरुले पुराना कलाकारहरुको सम्झनामा उनीहरुकै गीत गाएर कार्यक्रम भब्य र सभ्य बनाएका छन् । गीत संगीत प्रेमी जोकोहि नेपालीहरुको मन मुटुमा बस्न सफल उनै हाम्रा पुराना महान स्रष्टा तथा सर्जकको सिर्जनाले आज पनि नेपाली गीत संगीत बजार धनि छ ।

त्यस्ता स्रष्टाहरुको गीतहरुलाई प्रवासी भूमिमा पनि यसरी नेपाली समुदायमा आजका कलाकारले गाउने र उहाँहरुको सम्मानमा कार्यक्रम गर्नाले हाम्रा पुर्खाको देनलाई ठुलो सम्मान गर्न सकेको अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले बताएका छन् ।यसपालीको पहिलो भागमा निम्न स्रष्टाका अजम्बरी गीत प्रस्तुत गरिएका छन् । तथापि अन्य सम्पूर्ण स्रष्टाहरुको सम्झना र सम्मानको क्रम आगामीदिनमा निरन्तर गर्ने कलाकार संघले जनाएको छ ।

सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंकर ,धर्मराज थापा, अम्बर गुरुङ ,नातिकाजी, फत्तेमान, नारायण गोपाल, पन्नाकाजी, गोपाल योन्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा, लोक बहादुर क्षेत्री, प्रबिण गुरुङ आदि “कालजयी श्रष्टाहरुको सम्झना तथा सम्मान वरिष्ठ संगीतकर्मीहरुको प्रत्यक्ष बाध्यबादनमा ऊनै कालजयी गीतहरुको प्रत्यक्ष गायन” गायक/गायीकाहरु सपना श्री, जगदीश समाल, बिमल डाँगी, रोशन गुरुङ ,भगवान भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरीता डाँगी, राजु ढुङ्गेल, रेश्मा सुनार, निसा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपाने, लगायतका कलाकार हरुबाट प्रस्तुत गरिएको छ ।

नेपाली अमेरिकन कलाकार संघका महासचिव गायक बिमल डाँगीले भनेका छन् “नेपाली संगीतको इतिहास ऊहाँहरुबाट शुरुवात भयो र त वर्तमानमा हामी नेपाली संगीतमा रमाईरहेका छौं,ऊहाँहरुलाई स्मरण गर्नु अनि उनै सृजनाहरुलाई संगीतपारखीमाझ पुर्याउनु हाम्रो जिम्मेवारी पनि हो । उहाँहरु जस्तै अग्रजहरुले बनाएको बाटो पछ्याईरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोहि गर्नेछन् “ ।

कार्यक्रमको समापनमा कलाकार संघले यस्तो ऎतिहासिक कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण कलाकार र कला प्रेमीहरुमा बिशेष धन्यबाद दिएको छ । साथै कलाकार संघले हरेक बर्ष प्रदान गर्दै आएको लाईफ टाईम एचिभमेन्ट पुरस्कार यो बर्ष शिशिर श्रेष्ठ र गोमा योन्जनलाई प्रदान गरेको छ ।

युएईको दुबईमा मोडल सङ्गस अवार्ड सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK