स्यांग्जाका गुरुंगको कोरियामा निधन

ENGLISH

NRN GLOBAL

स्यांग्जाका गुरुंगको कोरियामा निधन

विकास श्रेष्ठ

21 January, 2017 | Krishna Adhikari | 1380 Views | comments

homरोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवकको औद्योगिक दुर्घटनामा परी ज्यान गएको छ । स्याङ्जाको राङखोला घर भएका  ३९ वर्षका होम बहादुर गुरुङको ज्यान गएको हो ।

छुन्छङ बुक्दो ओछान स्थित प्लाष्टिकको रिसाइकल कम्पनीमा कार्यरत गुरुङ हिजो बेलुका चार बजे काम गर्दैगर्दा दुर्घटनामा परेको त्यहाँस्थित नेपाली अभियन्ता गणेश पन्तले जानकारी दिएका छन् । गुरुङको शव अहिले सङमो अस्पतालमा राखिएको छ भनी हेल्लो कोरिया नेपालका लागी बिकास श्रेष्ठले लेखेका छन |

प्रहरी अहिले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिएर शव अस्पतालमा पुर्याएको पनि पन्तले बताए । चार वर्ष अघि रोजगारीका लागि कोरिया प्रवेश गरेका गुरुङ विवाहित भएको र नेपालका श्रीमती र एक छोरा र एक छोरी रहेको बुझिएको छ ।

यसैबीच सोलस्थित नेपाली एम्बेसीले घटनाका बारेमा अनौपचारिक जानकारी आएको बताएको छ । श्रम सहचारी देवराज ढकालले प्रहरीबाट दुतावासमा जानकारी आएपछि मात्र घटनास्थल तर्फ जाने तयारी भएको बताए ।

कोरियामा सन् दुइ हजार आठमा इपिएस प्रणाली लागू भएयता औद्योगिक दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या एक सय दश नाघिसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK