स्पेनिस ला लिगमा रियल मड्रिडले अंक दुरी बढायो

ENGLISH

SPORTS

स्पेनिस ला लिगमा रियल मड्रिडले अंक दुरी बढायो

बार्सिलोनाले १-१ को बराबरी खेल्यो

30 January, 2017 | Sandeep Bhattarai | 1260 Views | comments

 रियल मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड बिजयी हुँदा बार्सिलोना भने बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-०ले पराजित गरेको छ।

खेलमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै माटियो कोभाचिचले खेलको ३८औं मिनेटमा मड्रिडलाई अग्रता दिलाए। पहिलो िहाफमा १-० को अग्रता लिएको मड्रिडले खेलको ५१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए। ७४ औं मिनेटमा इनिगो मार्टिनेजले रातो कार्ड खाएपछि सोसिडाड १० खेलाडीमा सिमित हुन पुग्यो । अल्भारो मोराटाले ८२औं मिनेटमा गोल गरेपछि म्याड्रिडको ३-०को जित सुनिश्चित भएको थियो।

त्यस्तै आइतबारनै भएको अर्को खेलमा बार्सिलोनाले बेटिससंग बराबरी खेलेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सहिएको थियो । तर दोस्रो हाफको ७५ औँ मिनेटमा अलेग्री याले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको २ मिनेटपछी बार्सिलोनाले गोल फर्काएपनी साइड रेफ्रीले बलले लाईन नकटेको इसारा देखाउदै गोल नदिदा बार्सा खेलमा पछी रह्यो । तर खेलको ९० औं मिनेटमा लुइस स्वारेजले  गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।

स्वारेज

आइतबारको खेलपछि बार्सा र सेभिलाको समान ४२ अंक छ भने एक खेल कम खेलेको रियलको ४६ अंक सहित स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

रियल मड्रिड र रियल सोसिडाडको खेल

बार्सिलोना र  बेटिसको खेल

स्पेनिस ला लिगमा रियल मड्रिडद्वारा मालागा २-१ ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK