स्पेनिसहरुको बार्सिलोनामा नेपाल मोह ! (फोटो फिचर)

ENGLISH

NRN GLOBAL

स्पेनिसहरुको बार्सिलोनामा नेपाल मोह ! (फोटो फिचर)

1 December, 2017 | Bipin Acharya | 1780 Views | comments

झण्डै २ सय ५० जना स्पेनिसहरुले हल खचाखच थियो। आइतबार स्पेनको बार्सिलोनामा “फ्यामिलिया दि हेटौडा” गैरसरकारी संस्थाले आफ्नो पाँचौं बार्षिकोत्सव मनाउन लाग्दा स्पेनिसहरुको यति ठूलो उपस्थिति रहेको सम्भवतः यो पहिलो पटक हो।

स्पेनबाट १९ बर्षको उमेरमा नै नेपाल पुगेर आशा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र खोलेकी आइना बार्कालाई सहयोग तथा हौसला दिन यति ठूलो संख्यामा स्पेनीहरु जुटेका हुन्।

मकवानपुरको हेटौंडा नगरपालिका -६ गौरीटारमा रहेको उक्त स्कुलमा २८ जना सुस्त मनस्थिति भएका बालबालिकाहरु रहेका छन्।

हेटौंडामा नै पुगेर पुनर्स्थापना केन्द्रलाई सहयोग गरेका दुई स्वंयसेवकहरुले बालबालिकाहरु सम्झँदै आँशु चुहाए। फिजियोथेरापिष्ट तथा नर्स मारिया बोईक्स तीन पटक नेपाल पुगिसकेकी छन्। उनले एक बर्षसम्म सोही केन्द्रमा रहेर तालिम पनि दिएकी हुन्।

मारियाले भनिन् “सुरुवातमा धेरै अप्ठ्याराहरु थिए, तर अहिले वातावरण धेरै सहज बन्दै गएको छ र बालबालिकाहरु पनि धेरै छन्। आफैंले तालिम दिएका फिजियोथेरापिष्टहरु अहिले आफू भन्दा पनि उत्कृष्ट रहेको देख्दा धेरै खुशी लाग्छ।”

नुरिया आरबेसु बोल्दै गर्दा निकै भाबुक भइन्। आफू नेपाल छँदा नेपाली बालबालिकाहरुसँगै बिताएको पललाई सम्झँदै उनले आइनाको प्रशंसा गरिन्। “ हिजो जस्तै लाग्छ हामीसँगै पढ़थ्यौ, आज गर्व लाग्छ मेरो एउटा साथीले नेपालमा नै बसेर बालबालिकाहरूका लागि काम गरिरहेकी छन्।

बार्सिलोना नेपाली हस्तकलाका सामानहरु बिक्री गरेर पुर्नस्थापना केन्द्रलाई नुरियाले सहयोग जुटाउँदै आएकी छिन्।

छुट्टी मनाउन ७ बर्ष अघि नेपाल पुगेकी आइनालाई अन्तत: नेपालले नै तानिरह्यो। उनी केही बर्षयता नेपालमा नै बसेर बालबालिकाहरुसँगै समय बिताइरहेकी छन् ।

“म बिश्वास नै गर्न सक्दिनँ पाँच बर्ष बितिसकेछ,यहाँहरुकै सहयोग र प्रेरणाले काम गर्ने हौसला मिलिरहेको छ। १२ जना बालिकाहरु थिए अहिले २८ जना भए, अब नयाँ भवन बनेपछि ५५ जनालाई पढाउन पाउँछौं।” आइनाले भनिन्।

कार्यक्रममा नेपाली बाँसुरीबाधक बिनोद कटुवाल र दि बिटीङ् सोल ब्याण्डले प्रस्तुति राखेका थिए। कार्यक्रमबाट झन्डै ४ लाख रुपैयाँ संकलन भएको छ। सयौंको संख्यामा स्पेनीहरु पुगेको कार्यक्रममा नेपालीहरुको उपस्थिति भने न्यून रहेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

लघु चलचित्र प्रतियोगितामा ‘अटुटनाता’ प्रथम

  नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव...

नेपाली चलचित्र रमितामा दिलिपको सानदार कमव्याक

नेपाली चलचित्रका चिर्चित नायक दिलिप रायमाझीको कमव्याक हुने भएको...

बर्लिन कार्निभलमा नेपालको सहभागिता

बर्लिन,जर्मनि । जर्मनिको राजधानी बर्लिनमा यही मे २० का...

गायक रञ्जित लामाको ‘मुसुक्क ङेमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK