स्पेनमा हुने पाँचौ अन्तर्राष्ट्रिय एकीकरण र्‍यालीमा नेपाल सहभागी हुने

ENGLISH

NRN GLOBAL

स्पेनमा हुने पाँचौ अन्तर्राष्ट्रिय एकीकरण र्‍यालीमा नेपाल सहभागी हुने

बार्सिलोना

19 July, 2017 | Bipin Acharya | 805 Views | comments

स्पेनको बार्सिलोनामा हुने पाँचौ अन्तर्राष्ट्रिय एकीकरण र्‍यालीमा नेपालले पनि भाग लिने भएको छ ।

पाँच वटा महादेशका १०० भन्दा बढी मुलुकहरुले भाग लिने उक्त कार्यक्रममा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

कामारेरा इन्टरनेशल दे कोमेरसियो तथा टुरिज्मो एशोसियसन ईक्कोटोरियन कातालान (सिक्टाएक)को संयुक्त आयोजनामा आगामी जुलाई २२ तारिख बार्सिलोनामा कार्यक्रम हुँदैछ ।

अन्तरास्टि्रय एकीकरण र्‍याली नामाकरण दिइएको उक्त कार्यक्रममा विभिन्न देशहरुका कला,संस्कृति,भेषभूसा तथा खाना प्रदर्शनी गरिदै छ ।

नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले नेपाली टोलीको संयोजन गरिरहेका छन् ।

‘नेपाली कलाकारहरुको गीत संगीत,नृत्यका साथै नेपाली हस्तकलाका सामानहरु स्टल नै राखेर प्रदर्शन गर्दै छौ यसले नेपाललाई कुनै न कुनै रुपमा अबश्य चिनाउँने छ , खरेलले भने ।

यस्तै नेपाल बारे जानकारी भएका पुस्तकहरु,सिडी तथा नेपाली नक्साहरु पनि बाँडिने खरेलले बताए ।

कार्यक्रममा फुटबल प्रतियोगिता पनि हुने हुँदा नेपाली समुदायबाट स्थानीय टिमले भाग लिदै छ।अन्तरास्टि्रय ख्याती प्राप्त कलाकारहरुको समेत लाइफ प्रस्तुति हुने उक्त कार्यक्रममा करिव १० हजार दर्शकहरु सहभागि हुने अनुमान छ।

स्पेनबासी समुदायलाई नेपाली पहिचान झल्कने पोशाक सहित कार्यक्रममा उपस्थित हुन खरेलले अनुरोध गरेका छन् ।

१२ वर्ष मुनिका बालबालिकाहरुलाई प्रबेश निशुल्क रहेको उक्त कार्यक्रमको टिकट अन्यका लागि भने ७ युरो रहेको छ ।

कार्यक्रम बारे पूर्ण बिबरण:-

स्थान:-फोरम पार्क बार्सिलोना
शुल्क:- ७ युरो , १२ वर्ष मुनिका लाई निशुल्क
समय:- बिहान १० बजे देखि राति १० बजे सम्म
मिति :- २२ जुलाई शनिबार २०१७

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK