स्पेनमा राजनीतिक संकटबीच पनि मनाइयो राष्ट्रिय दिवस

ENGLISH

स्पेनमा राजनीतिक संकटबीच पनि मनाइयो राष्ट्रिय दिवस

14 October, 2017 | Bipin Acharya | 1305 Views | comments

बार्सिलोना – क्याटालोनियाको विवादास्पद स्वतन्त्रता जनमतसंग्रहपछि उत्पन्न राजनीतिक संकटबीच मनाइएको राष्ट्रिय दिवसमा स्पेनको शाही परिवार उपस्थित भएका छन् ।

प्रधानमन्त्री मारियानो राखोयले बुधबार संसद्मा सम्बोधन गर्दै ४० वर्षे प्रजातन्त्रमा मुलुकले अहिले सबभन्दा गम्भीर खतरा भोगिरहेको बताएको भोलिपल्ट सार्वजनिक रूपमा एकता प्रदर्शनसमेत गरिएको छ । उनले बुधबार संसद्मा सम्बोधनका क्रममा क्याटालोनियाका पृथकतावादी नेतालाई स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रस्ट पार्न पाँच दिनको समय दिएका थिए ।

यदि सोमबारभित्र कार्लस पुइग्डेमोन्टले सोमबारसम्ममा स्वतन्त्र भएको घोषणा गरेको पुष्टि गरे भने उनलाई घोषणा फिर्ता लिन ३ दिनको समय दिने जनाएका छन् । त्यसो गर्न विफल भए म्याड्रिडले संविधानको धारा १५५ अनुसार क्याटलन क्षेत्रको स्वायत्तता निलम्बन गर्दै प्रत्यक्ष शासन लगाउनेछ । प्रधानमन्त्री रखोयले पुज्डमोनले जानीजानी भ्रम उत्पन्न गरेको र आफूले निश्चितता चाहेको बताएका छन् ।

उनले भने, ‘क्याटालोनियाको अहिलेको स्थितिको अन्त्य हुनु जरुरी छ । त्यहाँ जतिसक्दो चाँडो सुरक्षा र शान्ति हुनुपर्छ ।’

पृथकतावादी सरकारले क्याटलोनियामा १ अक्टोबरमा विवादास्पद जनमतसंग्रह गरेपछि स्पेनमा राजनीतिक समस्या बढेको हो । स्पेनको संवैधानिक अदालतले भने जनमतसंग्रहलाई गैरसंवैधानिक ठहर गरिसकेको छ । यसैबीच, अमेरिकाको अन्तर्राष्ट्रिय अधिकारवादी समूहले ‘क्याटालोनियाका शान्तिपूर्ण प्रदर्शनमाथि चर्को प्रहरी दमन’ भएको जनाएको छ । उसले क्टालोनियाका गिरोना र अन्य दुई गाउँमा प्रहरी दमन भएको जनाउँदै स्पेन सरकारले ‘प्रभावकारी छानबिन’ गर्नुपर्ने बताएको छ । साभार : – बीबीसी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK