स्पेनमा दुतावास खोल्न छलफल चलिरहेको छ : शिक्षामन्त्री पौडेल

ENGLISH

NRN GLOBAL

स्पेनमा दुतावास खोल्न छलफल चलिरहेको छ : शिक्षामन्त्री पौडेल

साथमा नेपालको शिक्षा प्रणालीको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

30 January, 2017 | Sandeep Bhattarai | 1350 Views | comments

नेपाली जनप्रगतिशिल मंच बेलायतको आयोजनामा नेपाल सरकारका शिक्षामन्त्री डि आर पौडेलको उपस्थितिमा नेपालको शिक्षा प्रणालीको बिषयमा एक अन्तरक्रिया कार्यक्रम बेलायतको लण्डनमा सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशिल मंच बेलायत

नेपाली जनप्रगतिशिल मंच, बेलायतको कार्यवाहाक संयोजक मान बहादुर गुरुगंको सभापतित्वमा भएको थियो भने कार्यक्रमा उपस्थित प्रमुख अतिथि, अतिथिीहरु लगाएत सम्पूर्णलाई आयोजकको तर्फबाट नेपाली जनप्रगतिशिल मंच, बेलायतका केन्द्रिय सदस्य महेन्द्र कणेलले स्वागत गर्नु भएको थियो । संयोजक मान बहादुर गरुगंले प्रमुख अतिथि माननिय शिक्षामन्त्रीलाई पुष्प गुच्छा दिएर सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रहनु भएका शिक्षामन्त्री पौडेलले नेपालको शिक्षा निति परम्परागत शिक्षा निति रहदै आएकोमा व्यापक फेरबदल गरिएकोले आगामी दिनमा यसको परिणाम देखीने छ भन्नु भयो ।

नेपालमा सरकार परिवर्तनसंगै शिक्षा नितिमा पनि परिर्तन हुने परिपार्टीको अन्त्य हुन जरुरी भएकोले सोहि खालको शिक्षा नियमावली बनाउने तर्फ अहिलेको सरकार लागी परेको जानकारी दिनु भयो । बेलायतमा बिभिन्न देशका शिक्षामन्त्रीहरुको नयां टेक्नोलोजीले शिक्षामा पारेको प्रभाव बिषयमा छलफलमा सहभागि हुन आउदै गर्दा नेपालमा पनि टेक्नोलोजीको प्रभावलाई कसरि सकरात्मकरुपमा प्रयोग गर्दै टेक्नोलोजीको नकाराकत्मक बिषयले बालबच्चामा पार्न सक्ने प्रभावलाई न्यूनिकरण गर्नु पर्नेमा छलफल केन्द्रित रहेको बताउनु भयो ।

साथै उहाँले विदेशमा बस्ने नेपालीहरुले नेपाली भाषा प्रति आगामी पुस्तालाई संरक्षण गर्नलाई विदेशमानै नेपाली वर्णमाला सिकाउने, नेपालमै शिक्षाको क्षेत्रमा गरेको सहयोगले सकारत्मक सन्देशहरु दिएको छ र एनआरएनएहरुको ज्ञान र सिपलाई नेपालको शिक्षा क्षेत्र महत्वपुर्ण योगदान पुर्याउन सक्नेमा बिश्वास गरेको छ भन्नु भयो । कार्यक्रमका अतिथि शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले नेपालको शिक्षा नितिहरुमा गरिएको फेर बदलले आगामी दिनमा गुणस्तरिय र ब्यवारमुखी शिक्षा तर्फ उन्मुख हुनेछ ।

नेपाल सरकार र शिक्षा मन्त्रालयले यस बिषयमा दत्तचित्त भएर काम गरेको छ भन्नु भयो । विदेशमा बस्ने नेपालीहरुले नकारत्मक बिषयलाई भन्दा सकरात्मक बिषयलाई प्राथमिकता दिदां नेपालको समाजलाई सम्मानजनक बाटो तर्फ उन्मुख गराउने तर्फ सचेत रहनु पर्नेमा जोड दिनु भयो ।सोहि कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच, यूरोपका संयोजक सुरेन्द्र भुषाले नेपालको शिक्षा नितिले नेपालको समाजलाई सामन्तिबादी सोचमा रहिरहन सहयोग पुर्याकोले यस्तो शिक्षा निति भत्काउनु पर्नेछ ।

कामलाई कामकोरुपमा भन्दा पनि कामले ईज्जतको बर्गिकरण गराउनुमा पनि नेपालको शैक्षिक प्रणालीमा भएको समन्तवादी शिक्षा नितिनै कारक हो यस्तो खालको शिक्षा निति नेपालमा अन्त होस भन्ने माग गर्नु भयो । कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच, बेलायतका सल्लाहाकार कर्ण शाहिले अन्तरकृया कार्यक्रमको औचित्य र आवश्यकताबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा नेपाली जनप्रगतिशिल मंच, यूरोपको २१ जनवरीमा भएको बैठकको निर्णय अनुसार स्पेनमा दुतावास आवश्यकता छ र नेपाल सरकारले दुतावास खोल्न पहल गरोस भन्ने निर्णयलाई लागु गर्न नेपाल सरकारको प्रधानमन्त्री परराष्ट्रमन्त्री र नेकपा माओबादी केन्द्रका विदेश बिभागका प्रमुखलाई पुर्याउने गरि ज्ञापनपत्र नेपाल सरकारका शिक्षामन्त्री डिआर पौडेललाई नेपाली जनप्रगतिशिल मंच, यूरोपका सदस्य सुरेन्द्र श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।

ज्ञापन पत्रको सारंशमा स्पेनका पर्यटन नेपाल भ्रमण गर्ने यूरोपको प्रमुख देश मध्य पर्ने, नेपालीहरुको बसाईमा भएको बृद्धीले पनि दुतावास आवश्यकतालाई भएको बताउनु भयो । ज्ञापनपत्र नेपाली जनप्रगतिशिल मंच, स्पेनका अध्यक्ष गगां भुषालले हस्ताक्षर गर्नु भएको थियो । ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले स्पेनमा दुतावास खोल्ने बिषयमा बिगत केहि दिन अगाडी मात्र क्याबिनेटमा छलफल भएको र बिषय सकारात्मक तर्फ गएको जानकारी गराउनु भएको थियो । स्पेनमा दुतावास खोल्दा नेपाल सरकारलाई आर्थिक भार नपर्ने भन्ने सुझावहरु आउनुले पनि स्पेनमा दुतावास निर्माण हुनेमा सकरात्मक रहेको बताउनु भयो ।

नेपाली जनप्रगतिशिल मंच बेलायत

कार्यक्रममा बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरु र ब्यक्तित्वहरुले नेपालको शिक्षा र अहिलेको राजनितिको बिषयमा जिज्ञासा राख्नु भएको थियो । सभापतिको आसनबाट बोल्दै नेपाली जनप्रगतिशिल मंच, बेलायतका संयोजक मान बहादुर गुरुगंले आफू भूपू गोर्खा सैनिक भएकोले बेलायतमा भूपू गोर्खा सैनिकहरु समस्यामा सरकारले ध्यान दिदै भूपूले उठाएका बिषयमा सकारात्मक तर्फ लानेमा बिश्वास रहेको बताउनु भयो । कार्यक्रमलाई नेपाली जनप्रगतिशिल मंच, यूरोपक सदस्य दधिराज घिमिरेले संचालन गर्नु भएको थियो ।

एनआरएनए स्पेनको जनवरी बैठक सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK