स्पेनको डॉडामा नौमती घन्कियो

ENGLISH

NRN GLOBAL

स्पेनको डॉडामा नौमती घन्कियो

5 July, 2016 | Sandeep Bhattarai | 1630 Views | comments

दीपकज्योति पौडेल, बेल्जियम – अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान तथा कला संस्कृति मार्फत पर्यटक प्रबर्द्धन गर्ने उद्देश्यले स्पेनको टीबीदाबो डॉडामा आयोजित नेपाल महोत्सवस्थलमा जब बेलायतबाट आइपुगेको नौमती टोलीले नौमती घन्काए, घुमघामका लागि त्यहॉ पुगेका पर्यटकहरुले कौतुहलताका साथ हेरिरहे ।

naumati

‘कति राम्रो नौमती धुन छ, यहि धुनले सबैको मन छुन्छ..’ गीतको लयमा घन्किएको नौमती धुनमा विभिन्न पोशाकमा सजिएका नेपालीहरु खुबै रमाइलोसँग नाचे । बाहिरी रहनसहनमा रहेका प्रवासी नेपालीहरु आफ्नै मौलिकतामा रमाउ‘दा निकै मख्ख थिए ।

नौमतिको धुनले उपस्थित पर्यटकलाई समेत अछुतो राख्न सकेन, कतिपय पर्यटकहरु आफ्नै मस्तीमा नाचे । नेपाल महोत्वस बिदेशीहरुको लागी समेत आकर्षण र चासो भएको बताउदौ कार्यक्रमम सहभागी फ्रान्सका लागी नेपाली राजदूत अम्बिकादेवी लुइटेलल ‘यस्ता खाले कार्यक्रमले नेपाल प्रबर्द्धनको साथै प्रवासमा नेपालको पहिचान कायम राख्न मदत मिल्छ ।’ संचारकर्मीलाई बताइन ।

राजधानी वार्सिलोना छर्लंग देख्न सकिने उक्त पर्यटकीयस्थमा शनिवार र आइतवार गरी सम्पन्न दुइ दिने कार्यक्रममा स्थानीय कलाकारहरुले ‘चोली राम्रो पाल्पाली ढाकाको…’, ‘झापा झर्यो कि कुन्नि मेची तर्यो कि …’ ,लालीगुरॉस अजम्वरी चापचमेली जे भने नि हुन्छ हजुर म त नेपाली…’ आँखैमा राख्छु मेरो देश…’ जस्ता गीतको बोलमा प्रस्तुत गरेको निकै लोभलाग्दो नृत्यलाइ पर्यटकले हेरेनन मात्र क्यामरामा कैद समेत गरेका थिए ।

एनआरएन स्पेनको आयोजना र त्यहॉ स्थित अन्य संघ सस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाली कला संस्कृति प्रवद्र्घन हुने विभिन्न क्रियाकलाप तथा स्टलहरुसमेत राखिएका थिए भने हस्ताकलाका सामाग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

अघिल्लो वर्ष पनि सोही स्थानमा महोत्सवको आयोजना गरि भूकम्प पिडितकोलागि सहयोगको आव्हान गरेका नेपालीहरु यस पटक भने ‘भिजिट नेपाल, रिबिल्ड नेपाल, वि नीड नाउ मोर देन एवअर ’ सन्देशमा फैलाउदै महोत्सव सम्पन्न गरेका थिए ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK