स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

ENGLISH

NRN GLOBAL

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

बार्सिलोना

20 January, 2018 | Sandeep Bhattarai | 3270 Views | comments

भरतबहादुर रायमाझी

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ। दूतावास स्थापना गर्ने निर्णय गरेको झन्डै एक बर्ष पछि सरकारले राजदूत पठाउँन लागेको हो।

यस अघि मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त गरेकी थिईन्।राजदूत रायमाझी सहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ। नियुक्ति पाएको लामो समयसम्म पनि राजदूतलाई कार्यक्षेत्रमा पठाउन परराष्ट्र मन्त्रालय चुकेको भन्दै आलोचना भईरहेको थियो।

दूतावास स्थापना गर्ने निर्णयपछि कार्यन्वयन हुनेमा आशंका ब्यक्त गरिएको बेला राजदूत सहितको टोली म्याड्रिड आउँन लागे पछि स्पेनबासी नेपालीहरु उत्साहित बनेका छन् । करिव एक दशक अगाडिदेखि स्पेनवासी नेपालीहरुको दूताबासको माग राख्दै पटक पटक परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक, क्षेत्रीय, जातीय संघ सस्थाहरुले दूताबासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूताबास स्थापना गर्ने निर्णय गरेको थियो। पटक पटक स्पेनबासीको गुनासो सुन्दै आएका डा. प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा दूतावास खोल्ने निर्णय भएको हो। उनले अनावश्यक ठाउँमा सरकारले खोलेका दूताबास बन्द गरेर भए पनि स्पेनमा खोल्नु पर्ने अभिव्यक्ति दिदै आएका थिए।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK