स्पेनका नेपालीहरुबाट लक्ष्मी परियारको बालबच्चाहरुलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

स्पेनका नेपालीहरुबाट लक्ष्मी परियारको बालबच्चाहरुलाई आर्थिक सहयोग

बसन्त रानाभाट, बार्सिलोना

16 January, 2017 | Sandeep Bhattarai | 1375 Views | comments

 माउन्ट एभरेष्ट युथ समुह

देशमा घटेका ठुला प्राकृतिक प्रकोपहरु हुन् वा सामाजिक घटनाक्रम,स्पेनबासी नेपाली समुदायले आर्थिक वा कुनै न कुनै रुपमा सहयोग गर्दै आएका छन्।

पछिल्लो क्रममा बोक्सीको आरोपमा चरम दुर्ब्यबार र कुटपिट पछि मृत भेटिएकी काभ्रेकी ३२ बर्षीया लक्ष्मी परियारका बालबच्चाहरुलाई पनि स्पेनबासी नेपालीहरुले सहयोग गरेका हुन्।

यस्ता घटनाहरुले राजनितिक,सामाजिक,जातीय,क्षेत्रीय संघ संस्थाहरुलाई मात्र हैन स्पेनमा रहेका युवाहरुलाई पनि मन छोएको छ, त्यसैले परियारको सहयोगार्थ युवाहरुले रकम संकलनको अभियान थाले। युवाहरुले क्रिसमस तथा अंग्रेजी  नयाँ बर्षको अवसरमा च्यारिटी डिनरको आयोजना मात्र गरेनन् ,लक्ष्मीका बालबच्चाहरुको लागि आर्थिक सहयोग पनि जुटाए। फलस्वरूप १ लाख २५ हजार रुपैयाँ संकलन गरेर पिडित परिवारलाई हस्तान्तरण गर्न युवाहरु सफल भएका छन्। यसरी सामान्य फुटबल खेल खेल्दा नामाकरण भएको माउन्ट एभरेष्ट युथ समुह हाल भने सामाजिक डोरीले बाधिएको छ।

आँफुहरुले जुटाएको रकम हस्तान्तरणका लागि माउन्ट एभरेष्ट युथ समुहले स्पेन निबासी दिनेश राज रेग्मीलाई जिम्मेबारी दिएका थिए। यसैबीच रेग्मीले नेपाल पुगे लगत्तै आईतबार धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी आर्थिक रकम परिवारलाई हस्तान्तरण गरेका छन्। लक्ष्मीका छोराहरु सागर,सुमन र सुशीलको संयुक्त नाममा धुलिखेलस्थित राष्ट्रिय बाणिज्य बैकको खातामा रकम राखिएको माउन्ट एभरेष्ट समुहका एक सदस्य सुरेश शर्माले जानकारी दिए।

रकम हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा सहभागी थिए। बालबालिका पालनपोषण तथा शिक्षा दीक्षामा रकमको सदुपयोग हुनेमा समुह बिश्वस्त रहेको छ। समुहका सदस्य शर्माले भने,” यो सबैको प्रयासले नै सम्भव भएको हो, सोचे अनुरुप रकमलाई सही ढंगले बुझाएका छौ,यसले थप सामाजिक काममा लाग्न हामी युवाहरुलाई हौसला मिलेको छ।”

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझायो 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK