स्थानीय निर्वाचनपछि मात्रै सरकार परिवर्तन: देउवा

ENGLISH

POLITICS

स्थानीय निर्वाचनपछि मात्रै सरकार परिवर्तन: देउवा

21 January, 2017 | Krishna Adhikari | 945 Views | comments

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने संकेत गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा देउवाले भने,‘स्थानीय निकाय निर्वाचनपछि सरकार परिवर्तन हुन्छ । त्यसपछि बन्ने सरकारले प्रदेश र संसदको चुनाव सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नेछ ।’

राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका केही ठाउँमा असन्तुष्टि रहेको जानकारी आफूले प्राप्त गरेको देउवाले बताए । ‘स्थानीय निकायको पुनर्संरचनाबारे दुई÷चार ठाउँबाट असन्तुष्टि आएका छन्,’ उनले भने, ‘सकेसम्म सबैलाई सन्तुष्ट बनाएर स्थानीय निकायको पुनर्संरचना गरी छिटोभन्दा छिटो स्थानीय निकाय निर्वाचन सम्पन्न गर्छौं ।’
देउवाले काँग्रेसको नेतृृत्वमा संविधान कार्यान्वयन गराएरै छाड्ने बताए ।

‘२००७ साल, २०४६ साल र ०६२÷६३ को जनआन्दोलन काँग्रेसकै नेतृत्वमा सम्पन्न भए,’ देउवाले भने,‘संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ ।’ स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो ।

मधेसी जनताको भावनालाई ध्यानमा राखेर संसदमा संविधान संशोधनको प्रस्ताव पेश गरिएको भन्दै उनले पहाडी र मधेसीबीचमा फाटो उत्पन्न गर्ने तत्वलाई चिरेर समस्याको समाधान गरिने दाबी गरे । तत्कालिन प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जुन सहमतिमा हस्ताक्षर गरेका थिए, त्यसैलाई टेकेर संविधान संशोधन प्रस्ताव अघि सारिएको देउवाको भनाइ थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK