स्थानीय निकायको निर्वाचन गर्न राजनीतिक दल सहमत

ENGLISH

POLITICS

स्थानीय निकायको निर्वाचन गर्न राजनीतिक दल सहमत

1 December, 2016 | Sandeep Bhattarai | 1775 Views | comments

स्थानीय निकायको निर्वाचन गर्न राजनीतिक दल सहमत

संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् ।

सिंहदरबारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीम रावल, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल र राप्रपाका अध्यक्ष कमल थापा सहभागी उक्त बैठकमा सबै राजनीतिक दलले निर्वाचन जान तयार रहेको अभिव्यक्ति दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउन ढिलो हुने वा कानुन अपुग भएका अवस्थामा पुरानै संरचनाअनुसार निर्वाचनमा जान एमाले तयार भएको उहाँले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री हरहालतमा निर्वाचनमा जान सहमति बनाउने पक्षमा रहनुभएको र सोही उद्देश्यले बोलाइएको आजको बैठकमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलका नेताले समर्थन जनाउनुभएको बताउनुभयो ।

सरकारले स्थानीय निकायको निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता गर्ने तयारी गरेको छ । त्यस विषयमा मधेसी मोर्चासँग भोलि छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले पुनःसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने र निर्वाचनमा जाने भन्ने विषयमा एमालेको विमति नभएको आफूहरुले बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “स्थानीय निकाय वा अन्य निकायको निर्वाचन सबैमा जान एमाले तम्तयार छ ।”

स्थानीय निकायको निर्वाचनमा जानुपर्छ भन्ने विषयमा सबै राजनीतिक दल सहमत भएको बैठकमा सहभागी काँग्रेस नेता डा रामशरण महतले जानकारी दिनुभयो । स्थानीय तह वा निकाय जुनसुकै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उहाँको भनाइ थियो ।

बिकास समिति : स्थानीय निकायको निर्वाचन कहिले सरकार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK