स्थानीय तहको मतगणना सुरु

ENGLISH

POLITICS

स्थानीय तहको मतगणना सुरु

15 May, 2017 | Bhawana Pathak | 1150 Views | comments

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।

प्रदेश नम्बर ३ का ८, प्रदेश नम्बर ४ का २५ र प्रदेश नम्बर ६ का ५१ स्थानमा मतपेटिका सङ्कलनको काम भइरहेको जनाइएको छ । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिका ढुवानीको क्रममा आइतबार एक समूहले मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको आयोगले जनाएको छ ।

सो घटनामा घाइते भएकालाई उपचारार्थ हेलिकप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ । सो घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।

मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ । काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ । कालीकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु
हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहान ९ः३० बजेबाट जिल्ला समन्वय परिषद्को सभागृहमा सुरु भएको छ ।
सो मत गणना दुई समूहमा विभाजन गरी मत गन्ने कार्य सुरु गरिएको छ । अहिले एक नम्बर वडाबाट मत गणना सुरु गरिएको छ ।१ नम्बर वडामा कुल दुहजार ८९१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कुल ८३ हजार ५९७ मतदाता रहेको र ९३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी थाहा नगरपालिकामा पनि मतगणना कार्य आज बिहानबाट सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना अहिले ११ बजेबाट सुरु हुने
काठमाडौं महानगरपालिकाको मतगणना अहिले ११ बजेबाट सुरु हुने भएको छ। बिहानदेखि बसेको सर्वदलीय वैठकले मतगणना अहिले बिहान ११ बजे गर्ने निर्णय गरेको हो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK