स्कुल ,कलेजको परीक्षाबाट पीडित ‘सायद -२’, तीन पटक सर्यो प्रदर्शन मिति

ENGLISH

ENTERTAINMENT

स्कुल ,कलेजको परीक्षाबाट पीडित ‘सायद -२’, तीन पटक सर्यो प्रदर्शन मिति

27 January, 2017 | Bhawana Pathak | 1150 Views | comments

नेपाली चलचित्र ‘सायद -२’ को प्रदर्शन मिति पटक-पटक सारिएको छ । अहिले तोकिएको नयाँ मिति सम्म त यो चलचित्रको प्रदर्शन मिति सारेको चैत्र ४ , ०७४ को जेठ १२ र असार ३० गरी ३ पटक भयो । ‘सायद’ले नेपाली दर्शकको राम्रो साथ पाएको थियो । यूवा पुस्ता अनि लागु पदार्थको विषयलाई चित्रण गरिएको ‘सायद’ लाई सबैले राम्रो चलचित्रलको रुपमा लिए ।

saayad-2

सिक्वेल हिट भइसकेको भए पनि पुष्पराज न्यौपानेको निर्देशनमा बनेको ‘सायद-२’ ले एस.एल.सी परीक्षा , ११ र १२ को परीक्षा भन्दै तीन पटक मिति सारेको हो । हङकङबाट प्रदर्शन सुरु गरेको ‘सायद-२’ निर्माण टिमले नेपालको चैत्र ४ गते पहिलो पटक प्रदर्शनको मिति तोकीएको थियो तर एस.एल.सी को समय परेको कारण पहिलो मिति पनि सफल हुन सकेन ।

दोश्रो पटक वि.स२०७४ सालको जेठ १२ गते तोकीएको थियो तर चलचित्रले लक्षित गरेको दर्शकको परिक्षा अर्थात कक्षा ११ र १२ को परिक्षा पर्ने भएका कारण दोश्रो मिति पनि फेल भयो भने तेश्रो पटक असार ३० लाई ‘सायद-२’ को प्रदर्शन मिति तय गरिएको छ । यसरी विरालोले बच्चा सारेको जसरी मिति सारिरहने निर्माता निर्देशकलाई असार ३० गते पनि पानी र झरीले रोक्छ की ? त्यो भने हेर्न बाकी छ ।

दुर्गिस फिल्मस्को ब्यानरमा सुनिल रावलको निर्माणमा बनेको यस चलचित्र मार्च १९ मा जापानको टोकियोमा प्रिमियर हुने छ । राजु विक्रम थापाको छायाँकन ,दिर्घ खड्काको सम्पदान रहेको यस चलचित्रमा कालीप्रसाद बाँस्कोटा र सुगम पोखरेलको संगीत रहेको छ । ‘सायद-२’मा सुशील श्रेष्ठ, अमृत ढुंगाना,स्यारोन श्रेष्ठ,कुशल पाण्डे ,निशा कार्की लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK