सौगात मल्लको दाँतको मूल्य कति ?

ENGLISH

ENTERTAINMENT

सौगात मल्लको दाँतको मूल्य कति ?

29 January, 2017 | Bhawana Pathak | 795 Views | comments

सौगात मल्ल भर्सटायल एक्टर हुन् । हरेक जसो फिल्ममा सौगातले भिन्न भिन्न भूमिका निर्वाह गरिरहेका हुन्छन् । चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले नयाँ भूमिका निर्वाह गरेका छन् । ट्रेलर रिलिज भएसँगै ‘लप्पन छप्पन’ मा सौगातको भूमिकाको चर्चा हुन थालेको छ । उनको गेटअपमा पनि विशेष गरी दाँतको चर्चा छ ।

saugat dat

सौगातले ‘लप्पन छप्पन’ मा दुई वटा नक्कली ‘कुकुर दाँत’ लगाएका छन् । सौगातले लगाएको उक्त नक्कली दाँतको मूल्य कति पर्यो होला । निर्माण टिमले जानकारी दिए अनुसार सौगातले लगाएको दाँतको मूल्य ४० हजार रुपैयाँ पर्न आउँछ ।

जुन दाँतलाई काठमाडौंको हिमाल डेन्टलबाट खरिद गरिएको हो । नक्कली दाँतमा सौगातको लुक्स विल्कुलै भिन्न देखिएको छ । उसो त फिल्ममा सौगातले बुङ्गुरको टाउको पनि लगाएका छन् । बाँकी उनले के के लगाएका छन् त ? त्यो भने फिल्म हलमा नै गएर हेर्नुपर्छ ।

मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात सहित दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ । ‘लप्पन छप्पन’ को ट्रेलरले यतिबेला चर्चा पाइरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK