सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” भव्यताका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” भव्यताका साथ सम्पन्न

22 September, 2016 | Sandeep Bhattarai | 1545 Views | comments

बेल्जियमसमुद्री तट नजिक रहेको ब्रेदेनेमा १७ र १८ सेप्टेम्बरमा डाक्टर फर दि पिपुल्स र सोलिडारिटी साप्ताहिकको आयोजनामा यस वर्षको सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” भव्यरुपमा सम्पन्न भयो । आयोजकले जनाएअनुसार, मेलामा शनिवार १९ हजार भन्दा बढी मानिसहरु सहभागी भए । आइतवार पनि सहभागीहरुको संख्या कमि नभएको आयोजकले जनाएका छन् । उक्त मेलाकी प्रमुख अतिथि विश्व प्रसिद्द क्रान्तिकारी नेता चे ग्वाभाराको छोरी डा अलैदा ग्वाभारा हुनुहुन्थ्यो ।

सोलिडारिटी फेस्टिभल

विश्वभरबाट विभिन्न सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहने गरेको उक्त मेलामा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्धन कार्य गरेको छ । मेलामा अभियानले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा स्वागत छ भन्ने सन्देश लेखिएका ब्यानरहरुको प्रदर्शन सहित पर्यटन प्रवर्धनका सामाग्रीहरु वितरण गरेको थियो । र बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसारका साथै नेपालको संस्कृतिक र प्राकृतिक धरोहरहरुको बारेमा बनेका वृत्तचित्रहरुको हरेक दुई घन्टाको फरकमा प्रदर्शन गरेको थियो ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको निमन्त्रणालाई स्वीकार्दै उक्त कार्यक्रमकि प्रमुख अतिथि डा अलैदा ग्वाभाराले अभियानको इन्फो स्टलको अवलोकन गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष आचार्यले डा ग्वाभारालाई सुन्दर फ्रेममा राखिएको सगरमाथाको पोस्टर उपहारस्वरूप प्रदान गर्नुभयो । त्यसपछि डा ग्वाभाराले अभियानको तर्फबाट त्यस अवसरमा बिक्रि वितरण गरिएको स्वादिष्ट म:म र समोसाको परिकार समेत ग्रहण गर्नुभएको थियो ।

यसै वर्ष बेल्जियम सरकारबाट नाफारहित संस्थाको रुपमा आधिकारिक स्वीकृति पाएको लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले मेलामा पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

इन्फो स्टल राख्ने प्रयोजनका लागि अभियानले ५६२ युरो ६५ सेन्ट अर्थात् नेपाली रु. ६७ हजार ४४० भाडा आयोजकलाई बुझाएको थियो। नेपालको पर्यटन क्षेत्रको प्रवर्धनको लागि अभियानले यो विशाल मेलालाई एउटा अवसरको रुपमा लिएर केहि सहयोग पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले गरेको एउटा सानो प्रयास हो ।

पर्यटन प्रवर्धनका सामाग्रीहरु उपलब्ध गराई दिनु हुन अभियानले २१ जुन २०१६ का दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन मंत्री आनन्दप्रसाद पोखरेलज्यू समक्ष आधिकारिक अनुरोध गरेको थियो। त्यसपछि मन्त्रालयको निर्देशनमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्धनका सामाग्रीहरु नेपाली दुतावास, बेल्जियममा पठाईदिएको सुचना अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यलाई तत्कालिन पर्यटन सचिव प्रेमकुमार राईले फोन संवादका क्रममा दिनुभएको थियो ।

नेपाली दुतावास, बेल्जियममा सामाग्रीहरु आईपुगेको जानकारी कार्यवाहक राजदुत घनश्याम भण्डारीले दिनु भए पछि दुतावासमा भएका केहि पहिलेका सामाग्रीहरु र पर्यटन बोर्डले पठाएका सामाग्रीहरु लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई कार्यवाहक राजदुत घनश्याम भण्डारीले हस्तान्तरण गर्नुभएको थियो।

सोलिडारिटी फेस्टिभल

संस्थाको लागि फण्ड रेज गर्ने उद्देश्यले इन्फो स्टलमा एकातर्फ समोसा र मम बिक्रि वितरण गरिएको थियो । अभियानले यस कार्यक्रमका लागि संस्थाको सचिव गीर्ट कत्रिस्सेलाई संयोजनको जिम्मेवारी दिएको थियो ।

सोलिडारिटी इन्टरनेशनलले थप दुई बिद्यालय पुनर्निर्माण गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK