सोमबार साँझ सम्ममा नेपाल पठाइने भयो सुरेश थापाको शव

ENGLISH

NRN GLOBAL

सोमबार साँझ सम्ममा नेपाल पठाइने भयो सुरेश थापाको शव

लक्ष्मण खनाल ,युएई

17 July, 2017 | Bipin Acharya | 615 Views | comments

युएईमा मृत्यु भएका पोखरा १६ लामाचौर, कास्कीका २९ बर्षिय सुरेश थापाको शव नेपाल पठाइने भएको छ ।
नेपाली दुतावास युएईको विशेष पहलमा उक्त शव नेपाल पठाउन लागिएको हो ।

२० जुन २०१७ मा दुबईको अलकुजको बालुवामा मृत अवस्थामा फेला परेका थापाको शव आर्थिक अभावका कारण नेपाल पठाउन सकिएको थिएन ।

उनको शव नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च उनीलाई उक्त कम्पनीमा पठाउने म्यनपावर कम्पनीले व्यहोर्ने दुतावासकी श्रम सहचारी हिरा यादवले बताइन । उनले भनिन, “कम्पनी छोडेर अबैधानिक भएको बताउदै कम्पनी व्यवस्थापनले आर्थिक सहयोग गर्न नसक्ने जानकारी गराएका थियो दुतवासको अनुरोधमा म्यनपावर कम्पनीले रकम उपलव्ध गराइसकेको छ ।

सोमबार साँझ सम्ममा शव नेपाल पठाइने तयारी छ ।” यसअघि उनको शव पठाउन आर्थिक समस्या भएको भन्दै कास्की आदर्श सेवा समाज युएई आर्थिक संकलन अभियान शुरु गरेको थियो ।

यसैविच एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले फेसवुकमा आफ्नो स्टाटस राख्दै मृतकको शव नेपाल पठाउन एनआरएन युएईको सक्रियता र दुतावासको पहलमा आर्थिक सहयोग जुटेको जानकारी गराउँदै उनको लागि आर्थिक संकलन अभियान बन्द गर्न आग्रह गरेका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK