सोमपालको टिम बुटवल दिपेन्द्रको टिम धनगढीसंग २० रनले पराजित

ENGLISH

SPORTS

सोमपालको टिम बुटवल दिपेन्द्रको टिम धनगढीसंग २० रनले पराजित

1 November, 2018 | Sandeep Bhattarai | 2345 Views | comments

धनगढी

नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत बिहिबार भएको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । यो बुटवलको दोस्रो हार हो भने धनगढीको दोस्रो जित ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको धनगढीको ओपनिङ यस खेलमा पनि चल्न सकेन । १४ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३९ रन बनाउदा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । तर चौथो विकेटका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र डेन लरेन्सले १०८ रनको शतकीय साझेदारी गर्दै धनगढीको इनिंग्स सम्हालेका थिए ।

लरेन्स र ऐरीले अर्धशतकीय पारी खेलेका थिए । ऐरीले ३९ बलमा ४ चौका र २ छक्का सहित ५६ रनमा अविजित रहे भने ३९ बलमै ३ चौका र २ छक्का प्रहार गर्दै लरेन्स ५२ रन बनाई आउट भए । त्यस्तै सौरभ खनालले ४ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे भने पिटर टेग्रोले १४ रन जोड्दा दिपिल नाथ र सुविन्धु पाण्डेले समान १०-१० रन बनाए । बुटवलको लागि विपिन खत्रीले २ विकेट लिए भने रोहण मुस्तफा र अविनाश बोहराको भागमा समान १-१ विकेट रह्यो ।

१६२ रनको लक्ष्य लिएर मैदान उत्रेको बुटवल २० ओभरमा ६ विकेट गुमाउदै १४१ रन मात्र बनायो । उसका लागि चिराग सुरीले ७९ रन बनाउदै अविजित रहे भने रोहण मुस्तफाले २० रन बनाए । त्यस्तै कप्तान सोमपाल कामी र सिद्धान्त लोहनी समान १२-१२ रन बनाई आउट भए भने प्रकाश केसी ४ रनमा अविजित रहे ।

धनगढीको लागि सागर ढकालले २ विकेट लिए भने डेल लरेन्स र कमल सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।खेलको म्यान अफ द म्याच डेन लरेन्स चुनिए ।

पोखरा प्रिमियर लिग : पारसको टिमद्वारा ज्ञानेन्द्रको टिम १३ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK