सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

ENGLISH

ENTERTAINMENT

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

23 October, 2017 | Sandeep Bhattarai | 980 Views | comments

अमिताभ

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबिसी) को सोमबार अन्तिम एपिसोड प्रसारण हुनेछ ।

नौ सिजनसम्म आइपुग्दा दर्शकको मनमा बसेको कार्यक्रम बन्द हुन लाग्दा यसका प्रशंसकसँगै सञ्चालक अमिताभ पनि दुःखी छन्।सिजन ९ को अन्तिम एपिसोड आउनु अगाडि अमिताभले ट्विट गर्दै कार्यक्रमसँग जोडिएका सबैसँग टाढा हुनुपर्ने प्रसंग उल्लेख गर्दै यसलाई दुःखद भनेका छन्। प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) का अनुसार, केबिसीको सिजन-९ समापन हुने अवसरमा अमिताभले भनेका छन्, ‘केबिसीसँग जोडिएका ४ सय ५० जनाको टिमले मिहिनेतपूर्वक काम नगरेको भए शो कहिल्यै यति सानदार हुने थिएन।’

अमिताभले सन् २००० मा सुरु भएको यस शो प्रति माया दिने दर्शकलाई पनि धन्यवाद दिएका छन् । ‘१७ वर्षअघि यस शो ले इतिहास रचेको थियो र तपाईंले फेरि पनि यस्तो इतिहास रच्न सहयोग गर्नुभयो । यो कुनै सानो काम थिएन।’ कौन बनेगा करोडपति पहिलो एपिसोडपछि नै टीआरपी चार्टमा अग्रस्थानमा रहँदै आएको छ । कार्यक्रम मार्फत अमिताभको जिन्दगीसँग जोडिएका कतिपय रोचक किस्सा समेत बाहिर आउने गरेका छन् ।

केबिसी बन्द भएपछि कुन शो आउँछ ?

‘कौन बनेगा करोडपति’ बन्द भएपछि सोनी टिभीमा नयाँ दुई शो सुरु हुनेछन् । भारतीय समय अनुसार नौ बजे ‘रिश्ता लिखेंगे हम नयाँ’ आउनेछ, जुन ‘पहरेदार पिया की’ सिरियलको सिक्वल हुने बताइएको छ ।

यस्तै, साढे नौ बजे फिल्म अभिनेता जायद खानको डेब्यु टिभी शो ‘हासिल’ प्रसारण हुनेछ । जायद रणवीर रायचन्दको चरित्रमा देखिने यो शो को पहिलो एपिसोड अक्टोबर ३० देखि प्रसारण हुनेछ । केबिसीको अन्तिम एपिसोडको दिन अक्टोबर २३ देखि नै हरर रोमान्स शो ‘एक दीवाना था’ राति १० बजेदेखि प्रसारण हुनेछ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK