सोनीको नयाँ पप गीत सार्वजनिक(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

सोनीको नयाँ पप गीत सार्वजनिक(भिडियो सहित)

प्रकाश समीर

6 May, 2017 | Sandeep Bhattarai | 745 Views | comments

गीत भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुँदैन । कला सबैमा हुन्छ । कसैसंग हास्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केहीसंग लेख्ने ।

प्रकृतिले हरेकलाई कलाकार बनाएकी हुन्छिन् तर, सबै कलाकारका रुपमा भने बाहिर आउदैनन् । हरेकसंग हरेक कला हुन्छ, त्यसलाई निरन्तर साधनाको अभावमा त्यसै मर्दछन् । आफूमा भएको सामान्य कलालाई निरन्तर साधनाबाट उत्कृष्ट बनाउन सक्नु क्षमता हो । यस्तो क्षमता भने कमैसंग हुन्छ । त्यस्तै कम अर्थात गणना गर्न सकिने नेपाली संगीत क्षेत्रका व्यक्तित्व हुन राकेश सोनी ।

नेपाली गीतसंगीतको उर्वरभूमि मानिने बाग्लुङ जिल्लामा जन्मिएका सोनी एक दशक अघि देखि संगीत साधनामा लागेका छन् । हजारौं गीतसंगीतमा आफ्नो उच्च क्षमता प्रस्तुत गरिसकेका सोनीले यस अघि पनि थुप्रै गीतहरु मार्फत आफ्नो  क्षमता प्रस्तुत गरिसकेका छन् । सायद राकेश सोनी गीतसंगीतप्रेमी र अनुरागीहरुका लागि नौलो र अपरिचित नाम होइन ।

पछिल्लो समयमा सोनीकृत नयाँ पप गीत तिमीलाई सम्झेर बजारमा आएको छ । गीतको चर्चा, परिचर्चा दिनप्रतिदिन चुलिदै गईरहेको छ । म्यूजिक नेपालको यूट्यूव च्यानलबाट बजारमा आएको गीतको चर्चा दिनप्रतिदिन चुलिदो छ । लोकगीतसंगीत, आधुनिक संगीतमा लामो अनुभव गरेका सोनीले फरक शैली र फरकपनको आभाष गराउने गीत बजारमा ल्याएका हुन । प्रस्तुत गीतमा तिमीलाई सम्झेर प्रेमिल प्रसंगहरुको सेरोफेरोमा रहेर प्रेमिल जोडीहरुको भावना व्यक्त गरिएको छ । सोनी यसमा बहुमूखी प्रतिभाका रुपमा देखा परेका छन् । प्रस्तुत गीतको लेखन, संगीत÷संयोजन, स्वर लगायतका सम्पूर्ण भूमिकामा उनी आफै उभ्भिएका छन्, त्यति मात्र कहाँ होर गीतको कथालाई न्याय गर्ने निर्देशन र अभिनयमा समेत सोनी आफै अब्बल रुपमा प्रस्तुत भएका छन् । सायद यति भनि सके पछि सोनीको क्षमता र बहुमुखी प्रतिभाको थप चर्चा गर्नु नपर्ला ।

फुलबारी म्युजिक प्रा.लि ले उत्पादन गरेको प्रस्तुत गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । उच्च प्रविधिको प्रयोग गरेर निर्माण गरिएको भिडियो रेशम दर्लामीले खिचेका हुन । सोनीकै निर्देशनमा माला उप्रेतीले सोनीलाई अभिनयमा साथ दिएकी छन् ।

भिडियो-

रुन्चे गायकको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK