सैनिक समूहद्वारा टर्कीमा ‘कू ’को प्रयास

ENGLISH

WORLD

सैनिक समूहद्वारा टर्कीमा ‘कू ’को प्रयास

‘कू’ प्रयास विफल भइसक्यो : राष्ट्रपति एर्दोगान

16 July, 2016 | Sandeep Bhattarai | 1890 Views | comments

टर्कीका प्रधानमन्त्री बिनाली यल्दरिमले सेनाको एउटा समूहले सत्ता हत्याउन गरेको प्रयासपछि उनकै शब्दमा धेरै हदसम्म मुलुकको स्थिति नियन्त्रणमै रहेको दाबी गरेका छन्।

tu

यद्यपि राजधानी अंकारास्थित संसद भवनमा थुप्रै विस्फोटका आवाजहरु सुनिएका छन्।राज्य नियन्त्रित समाचार संस्थाका अनुसार अंकारास्थित विशेष सुरक्षा बलको मुख्यालयमा १७ जना प्रहरी मारिएका छन्।अंकारा र इस्तानबुलका सडकहरुमा मानिसहरुको भीड देखिएको छ।

नियन्त्रण
आफूले टर्कीको सेनाको प्रतिनिधित्व गर्ने बताउने एउटा समूहले विज्ञप्तिमा भनेको छ, प्रजातान्त्रिक व्यवस्था जोगाउनका लागि सत्ता हातमा लिएको छ।

सो समूहले उसकै शब्दमा देश एउटा शान्ति परिषद्बाट चल्ने र त्यसले सुरक्षाको प्रत्याभूति गर्नुका सागै यथासक्दो चाँडो नयाँ संविधान बनाउने बताएको छ।

टर्कीको टेलिभिजनका अनुसार सेनाका प्रमुख जेनरल हुलुसी अकारसहित सेनाका वरिष्ठ अधिकारीहरु अंकारास्थित सेनाको मुख्यालयमा बन्धक बनाइएका छन्।टर्कीका सरकारी सञ्चारमाध्यमहरुको प्रसारण रोकिएको छ।

इन्टरनेट अनुगमन गर्ने समूहहरुले भनेका छन्, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाइएको छ।प्रतिबन्ध कसले लगाएको भन्ने पुष्टि भएको छैन।

आह्वान
राष्ट्रपति रिजेप तय्यीप एर्दोआन छुट्टिमा रहेका बेला ‘कू ‘ को प्रयास भएको थियो।उनी घटनापछि इस्तानबुल फर्किएका छन्।

टेलिभिजनमा अन्तर्वार्ताको क्रममा उनले प्रजातन्त्रलाई समर्थन गर्नका लागि मानिसहरुलाई प्रदर्शनमा उत्रन आह्वान गरेका छन्।राष्ट्रपति एर्दोआनले भनेका छन्, “सुरक्षाफौजभित्रको एउटा सानो समूहले ‘कू’ को प्रयास गरेका हो र उनीहरु सफल हुँदैनन्।”अमेरिकी राष्ट्रपति बराक

ओबामाले टर्कीका सबै पार्टीलाई प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारलाई समर्थन गर्न आग्रह गरेका छन्।अमेरिकी विदेशमन्त्री जन केरीले टर्कीको शान्ति र स्थीरताका लागि आफूले आशा गरिरहेको बताएका छन्।

उडान रद्द
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, यसमा रुसले चासो राखेको छ र टर्की स्थिरता र व्यवस्थामा फर्किएको रुसले हेर्न चाहेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले शान्त रहन सबैलाई आह्वान गरेका छन् भने युरोपेली संघका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले संयम हुन र प्रजातान्त्रिक व्यवस्थाको सम्मान गर्न भनेकी छन्।इस्तानबुल र अंकाराको विमानस्थलहरु बन्द भएका छन्।

इस्तानबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरु रद्द गरिएका छन्।

बीबीसी नेपालीबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK