सैनिक श्रीमती संघको १४ लाख सहयोग धुर्मुस सुन्तली फाउण्डेशनकालाई

ENGLISH

ENTERTAINMENT

सैनिक श्रीमती संघको १४ लाख सहयोग धुर्मुस सुन्तली फाउण्डेशनकालाई

9 June, 2016 | Sandeep Bhattarai | 1155 Views | comments

सैनिक श्रीमती संघ (नेपाली सेना) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस ) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली ) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

help

भूकम्प पीडितका लागि हाँस्यकलाकारको जोडीले एकिकृत नमूना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँया प्रदान गरिएको संघकी अध्यक्ष रीता क्षत्रीले बताएकी छिन् । केहि समय अघि एक कार्यक्रम गरी संकलन भएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको संघले जनाएको छ।

संघबाट प्राप्त उक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् । भूकम्प पीडितको उद्धार र विकासको नमूनाका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण गर्न लागिएकाले सो कार्यमा संघले पनि सहयोग गरेकोमा उनले आभार व्यक्त गरेका छन् । थोपा थोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैँया जम्मा भएको कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

hekp1

भूकम्प प्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्गमैत्री भवन, बगैँचा, बाल उद्यान, सामुदायीक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ । बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको उनीहरुको भनाई छ ।

यो पनि हेर्नुस – धुर्मुस सुन्तलीलाई एक करोड भन्दा बढी सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK