सेलिब्रेटीको फोटो र भिडियो ह्याक गरेको आरोपमा जेल

ENGLISH

ENTERTAINMENT

सेलिब्रेटीको फोटो र भिडियो ह्याक गरेको आरोपमा जेल

26 January, 2017 | Bhawana Pathak | 4360 Views | comments

सिकागोका एक व्यक्तिलाई ३० सेलिब्रिटीको व्यक्तिगत डाटालगायत नग्न फोटो र भिडियो ह्याक गरेको आरोपमा मंगलबार ९ महिनाको जेल सजायँ तोकिएको छ ।

hag

एड्वार्ड माजेर्कजिक, २९, माथि सन् २०१३ नोभेम्बर देखि सन् २०१४ अगस्टसम्म लस एन्जलसका जेनिफर लरेन्स, केट अप्टनलगायत विभिन्न सेलिब्रिटीको व्यक्तिगत डाटा ह्याक गरेको आरोप छ ।लरेन्सले उक्त ह्याकिङलाई ‘सेक्स क्राइम’ को संज्ञा दिँदै यसले उनको करियरमा पुर्याउने क्षतीबारे चिन्तित भएको बताएकी छिन् ।

सिकागो पुलिस अफिसर आमा बुवाका छोरा एड्वार्डले ह्याक गरिएका तस्बिरहरु बाँडिएको विषयमा बयान दिएनन् । उनको बयान कसरी ह्याक गरियो भन्ने विषयमा मात्र सिमित रह्यो ।

उक्त मुद्दा क्यालिफोर्नियाबाट सिकागोमा ट्रान्सफर भएपछि सेप्टेम्बरमा अनाधिकृत रुपमा सूचना प्राप्त गरेको विषयमा दोषी ठहरिए ।अमेरिकी वकिल कार्यालयका प्रवक्ताले द सिकागो ट्रिब्यूनलाई दिएको जानकारी अनुसार यस्तो संवेदनशील जानकारी कसले चुहायो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

एड्वार्डलाई पाँच वर्षसम्मको जेल सजायँ तोकिएको थियो । उनका वकिलले एड्वार्डको संलग्नता ती जानकारी आफ्नो कम्प्युटरसम्म ल्याउने भएको जुन ‘आफ्नो व्यक्तिगत रुपमा हेर्नको लागि मात्र प्रयोग गरिएको’ भनी वकालत गरे ।

‘उनले ती फोटो, भिडियो र सेलिब्रिटीका जानकारी कसैलाई पनि बाँडेको वा कसैलाई पनि यसबारे जानकारी दिएको तथ्य छैन,’ उनका वकिलले दाबी गरे ।
‘एड्वर्ड डिप्रेशनले ग्रस्त भएको र उनले त्यतिबेला पोर्नेग्राफी वेबसाइट हेर्ने गर्दथे । उनी आफूभित्रको केही कमी मेट्नका लागि इन्टरनेट च्याट रुममा पनि सहभागी हुने गर्दथे,’ उनले भने ।

आफ्नो यस्तो हर्कतले सेलिब्रिटी प्रभावित भएकोमा एड्वर्ड निकै चिन्तामा रहेको उनका वकिलले लेखेका छन् ।सम्झौता अनुरुप एक नाम नखुलाइएका सेलिब्रिटीको फोटो अनलाइनमा सार्वजनिक भएपछि उनले यसको क्षतीपूर्तीसहित ५ हजार ७ सय डलर बुझाउनुपर्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK